arrow

आन्तरिक विवादकाबीच नेविसंघले गर्‌‍याे स्ववियु निर्वाचनको स्वागत, यस्ता छन् अन्य निर्णयहरु

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
काठमाडौं । आन्तरिक विवादकाबीच नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई स्वागत गरेको छ । बुधबार अपराह्न नेविसंघ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिन लागिएको नेविसंघ निकट स्रोतले जानकारी दिएको छ । नेविसंघको केन्द्रीय कार्यसमितिको बैठकले ४ विषयमा निर्णय गरेको छ । त्यही सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन गर्न लागिएको हो । 
 
स्ववियू निर्वाचनमा स्वागत गर्दै नेविसंघले यसको कार्यतालिका यथासक्य चाँडो सार्वजनिक गर्न त्रिविसंग आग्रह गरेको छ । स्ववियुको निर्वाचन आफूहरुको एजेण्डा भएको भन्दै स्ववियु निर्वाचन नहुने हो भने विद्यार्थी संगठनहरुको औचित्य नै समाप्त हुने ठहर पनि नेविसंघले गरेको छ । 
 
त्यस्तै, नेविसंघले अब हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन गर्न पनि त्रिविसँग माग गरेको छ । त्यस्तै, स्ववियु निर्वाचनलाई केन्द्रीत गरेर नेविसंघले अध्यक्ष नैनसिंह महरको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ । यसले नेविसंघलाई स्ववियुमा जिताउनको लागि आवश्यक सबै काम गर्ने अधिकार दिईएको बताईएको छ । 
 
आन्तरिक विवाद 
उता, यस विषयमा नेविसंघ आफैंभित्र भने एकमत देखिएको छैन । अहिले पनि नेविसंघमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले उमेरहदबन्दी लगायतका केही सवालमा आपत्ति जनाउँदै आएका छन् । उनीहरुले उमेर हददबन्दी राख्न नहुनेमा जोड दिँदै आएको छ । यसमा देउवा पक्षले भने स्पष्ट आधार तय गर्न सकिरहेको छैन । कुनै देउवापक्षीय नेताले पनि यसको विरोध गरिरहेका छने भने कसैले यसमा समर्थन जनाईरहेका छन् । तर सिटौंला पक्षीय नेविसंघले भने यो प्रस्तावको समर्थन गरेको छ । 
 
नेविसंघ अध्यक्ष महरले यो विवाद सामान्य रहेको भन्दै स्ववियु निर्वाचनको विषयमा नेविसंघका सबै सदस्यहरुको एकमत रहेको दाबी गरे । उनले हाम्राकुरासँग भने ‘विवाद भन्ने कुरा अलिअलि हो यसले निर्णयमा खासै असर गर्ने खालको छैन । सबै साथीहरु स्ववियु निर्वाचन गराउनु पर्ने पक्षमा एकमत हुनुहुन्छ ।’
 
नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीले नेविसंघको आन्दोलनको एजेण्डाबाट बनेको स्ववियु निर्वाचनमा नेविसंघले सानातिना समस्यालाई चिर्दै जानुपर्ने धारणा व्यक्त गरे । उनले नेविसंघ स्ववियुको सक्कली आमा रहेको भन्दै यसको माया अन्य विद्यार्थी संगठनलाई भन्दा बढी नेविसंघलाई रहेको पनि स्पष्ट पारे । 
 
काठमाडौं । आन्तरिक विवादकाबीच नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई स्वागत गरेको छ । बुधबार अपराह्न नेविसंघ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिन लागिएको नेविसंघ निकट स्रोतले जानकारी दिएको छ । नेविसंघको केन्द्रीय कार्यसमितिको बैठकले ४ विषयमा निर्णय गरेको छ । त्यही सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन गर्न लागिएको हो । 
 
स्ववियू निर्वाचनमा स्वागत गर्दै नेविसंघले यसको कार्यतालिका यथासक्य चाँडो सार्वजनिक गर्न त्रिविसंग आग्रह गरेको छ । स्ववियुको निर्वाचन आफूहरुको एजेण्डा भएको भन्दै स्ववियु निर्वाचन नहुने हो भने विद्यार्थी संगठनहरुको औचित्य नै समाप्त हुने ठहर पनि नेविसंघले गरेको छ । 
 
त्यस्तै, नेविसंघले अब हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन गर्न पनि त्रिविसँग माग गरेको छ । त्यस्तै, स्ववियु निर्वाचनलाई केन्द्रीत गरेर नेविसंघले अध्यक्ष नैनसिंह महरको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ । यसले नेविसंघलाई स्ववियुमा जिताउनको लागि आवश्यक सबै काम गर्ने अधिकार दिईएको बताईएको छ । 
 
आन्तरिक विवाद 
उता, यस विषयमा नेविसंघ आफैंभित्र भने एकमत देखिएको छैन । अहिले पनि नेविसंघमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले उमेरहदबन्दी लगायतका केही सवालमा आपत्ति जनाउँदै आएका छन् । उनीहरुले उमेर हददबन्दी राख्न नहुनेमा जोड दिँदै आएको छ । 
 
यसमा देउवा पक्षले भने स्पष्ट आधार तय गर्न सकिरहेको छैन । कुनै देउवापक्षीय नेताले पनि यसको विरोध गरिरहेका छने भने कसैले यसमा समर्थन जनाईरहेका छन् । तर सिटौंला पक्षीय नेविसंघले भने यो प्रस्तावको समर्थन गरेको छ । 
 
नेविसंघ अध्यक्ष महरले यो विवाद सामान्य रहेको भन्दै स्ववियु निर्वाचनको विषयमा नेविसंघका सबै सदस्यहरुको एकमत रहेको दाबी गरे । उनले हाम्राकुरासँग भने ‘विवाद भन्ने कुरा अलिअलि हो यसले निर्णयमा खासै असर गर्ने खालको छैन । सबै साथीहरु स्ववियु निर्वाचन गराउनु पर्ने पक्षमा एकमत हुनुहुन्छ ।’
 
नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीले नेविसंघको आन्दोलनको एजेण्डाबाट बनेको स्ववियु निर्वाचनमा नेविसंघले सानातिना समस्यालाई चिर्दै जानुपर्ने धारणा व्यक्त गरे । उनले नेविसंघ स्ववियुको सक्कली आमा रहेको भन्दै यसको माया अन्य विद्यार्थी संगठनलाई भन्दा बढी नेविसंघलाई रहेको पनि स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ