एजेन्सी । बलिउडका सुल्तान सलमान खान मंगलवार बहिनि अलवीरा खानसंग जोधपुर पुगेका छन् । मंगलवार उनको भाग्यको फैसला हुनेछ । यदि अदालतले उनलाई गम्भीर अपराधि मानेमा सात बर्षको जेल सुनाइनेछ । साथै उनि अदालतबाटै जेल जानेछन् ।
साथै सजाय तीन बर्ष भन्दा कम भए उनिलाई जमानत लिन र तल्लो अदालतको निर्णय बिरुद्ध उच्च न्यायालमा अपील गर्ने अवसर दिइनेछ । साथै अदालतले उनलाई गुनेगार मान्दै चेतावनी दिएर छाड्न सक्नेछ ।
सलमानलाई अवैध हथियार रखेको र हरिणको शिकार गरेको आरोप लगाइएको छ । अदालतमा १८ बर्ष देखि विचाराधीन मुद्दा १८ जनवरीमा हुने निर्णयले निर्धारण गर्नेछ । फैसला सुन्नको लागि सलमान खान आफै अदालत पुग्नु पर्नेछ । मुख्य न्यायाधीश दलपतसिंह राजपुरोहितले गत जनवरी ९ को अभियोग र बचाव पक्ष दुवैलाई अंतिम बहस पूरा भएपछि १८ जनवरीलाई फैसलाको तारीख तय गरेका हुन् । जसकालागि सलमान चार्टर प्लेनबाट जोधपुर पसगेका हुन् ।
सलमान खान माथि अक्टूबर १ १९९८ मा कान्काणी गाउमा दुई कालो हरिणको शिकार गरेको आरोप लगाइएको छ ।