arrow

हेटौंडामा व्यवसायीले हारे, सडक छेउका घर भत्काउन सडक कार्यालयको नयाँ जुक्ति

logo
सुनिल शिवाकाेटी
प्रकाशित २०७३ माघ ५ बुधबार
Hetauda_Sthanantaran.jpeg
हेटौंडा । जिल्ला डिभिजन सडक कार्यालयले व्यवसायीहरुको विरोधका बावजुत पनि हेटौंडाको मूल सडक आसपार रहेको बस्तीहरुमा डोजर चलाएको छ । दिनभर आन्दोलनमा रहेका व्यवसायीहरु पनि सरकारले कुरा नसुनेपछि निराश मुद्रामा घर फर्किएका छन् । उनीहरुले अब आन्दोलनको स्वरुप बदन्ले तयारी गरिरहेको बुझिन आएको छ । 
 
उता, सडक विस्तारको लागि सडक डिभिजन कार्यालय हेटौंडाले नयाँ जुक्ति लगाएको छ । उसले आफेंले घर भत्काउन चाहनेहरुको लागि अब थप १५ दिन सूचना दिने निर्णय गरिएको डिभिजन सडक कार्यालयका प्रवक्ता जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार १५ दिने समय हरेक दिन घट्दै जानेछ । अर्थात् आज समय माग्ने घरधनीले १५ दिनको समय पाउनेछन् भने भोलि निवेदन दिनेहरुले १४ र पर्सी निवेदन दिनेहरुले १३ दिन पाउने गरि दिन प्रतिदिन समय घटाउँदै लगिनेछ । 
 
यसरी कार्यालयले दिएको समयसीमा अनुसार नै घर नभत्काउने घरधनीहरुको घरमा १५ औं दिनमा डोजर लगाईनेछ । यस विषयमा केही सिप नलागेपछि व्यवसायीहरु पनि यो सरकारी निर्णय अनुसार नै आफ्नो पसल सार्न सुरु गरिसकेका छन् । उता, आन्दोलनमा रहेका व्यवसायीहरुले पनि भोलिदेखि बन्दका सबै कार्यक्रमहरु फिर्ता लिएका छन् । उनीहरुले अब शान्तिपूर्ण रुपमा विरोध गर्ने निर्णय पनि गरेको उद्योग वाणिज्य संघ मकवानपुरले जानकारी दिएको छ । यस्तै, व्यवसायी अाफै स्वस्फूर्त रुपमा सामान सार्न लागेका छन् ।
 
अहिले राप्ती पुल आसपासमा रहेका पसलहरुले आफ्नो सामान सार्न थालिसकेका छन् । त्यस क्षेत्रमा बढी मेडिकल पसलहरु रहेको र डोजर चलेको खण्डमा समान सार्न समस्या हुने भएकोले अहिले नै समान सार्न थालिएको एक स्थानीय व्यापारीले जानकारी दिए । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ