arrow

नेपाल बैंकले हकप्रद सेयर निष्काशन गर्ने

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
nepal-bank-limited.jpeg
काठमाडौँ। नेपाल बैंक लिमिटेडको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकले आफ्ना सेयर धनीलाई १०:२.३७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी बैंक र क्यापिटल मार्केटबीच मंगलबार सम्झौता भयो । 
 
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरे । 
 
नेपाल बैंक लिमिटेडले प्रति सेयर १०० रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी रु छ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्काशनपश्चात् बैंकको कुल चुक्ता पुँजी रु आठ अर्ब चार करोड हुनेछ । हाल चुक्ता पुँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ । 
 
नेपालको पहिलो उक्त बैंकले बैंकिङ प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरण गरी १३० वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ