arrow

एक घण्टाको अन्तरमा ३ शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
bukampa-news.jpeg

एजेन्सी । मध्य इटालीमा एक घण्टाभित्र तीन शक्तिशाली भूकम्प गएका छन् । तीन झट्का ५ दशमलव ४ रेक्टर स्केलको मापन गरिएको स्थानीय संचार माध्यमले जनाएका छन् । भूगर्वविदहरुले भूकम्पको केन्द्र अकिला प्रान्तको मोंटेरिएल शहरमा रहेको र ९ दशमलव २ किलोमिटर गहिराइ रहेको बताएका छन्  ।

भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको बताइएको छ । अहिलेको झट्काले अगस्तमा गएको विनाशकारी भूकम्पले थलिएको क्षेत्रलाई पनि असर गरेको छ । रोममा स्कुल र मेट्रो सेवा खालि गरिएको बताइएको छ । क्षतिको विवरण भने आइनसकेको बताइएको छ ।

मोंटेरिएल शहर नजिकैको एमाट्रीचीमा अघिल्लो भूकम्पले भत्किएको ऐतिहासिक घण्टाघरको बाँकी भाग पनि ढलेको छ । सोही शहरमा अगस्तमा गएको भूकम्पले करिव ३ सय बढीको मृत्यु भएको थियो भने अधिकांश ठाउँ ध्वस्त भएको थियो । गएको वर्ष अक्टुबरमा समेत भूकम्प गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ