arrow

आहा रारा गोल्डकप : सशस्त्रलाई हराउँदै धरान क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
ahaa-rara.jpeg

कास्की । धरान फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार भएको प्रिक्वार्टरफाइनलमा विभागीय सशस्त्र प्रहरीको एपीएफलाई १–० ले हराउँदै धरानले अन्तिम आठमा ठाउँ बनाएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको २० मिनेटको अतिरिक्त समयमा धरानले गोल गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । धरानका लागि १०५औं मिनेटमा वर्तमान राईको पासमा दीपक राईले गरेको गोल नै निर्णायक बन्यो ।

मंगलबार भएको पहिलो खेलमा आयोजक सहारा क्लब सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै क्वार्टरफाइनलमा पगेको थियो । सहाराले क्वार्टरफाइनलमा युनाइटेड सिक्किम, भारतसँग खेल्ने पक्का भइसकेको छ ।

युनाइटेड सिक्किम, बंगलादेशी क्लब, त्रिभुवन आर्मी र मनाङ–मस्र्याङ्दीले भने सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका छन् । १५औं संस्करणको  विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख ५१ हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा १२ टोली सहभागि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ