arrow

मालीमा कार बम विष्फोट, कम्तिमा ३७ को मृत्यु

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
Rut-new-ta.jpeg

एजेन्सी । उत्तरीमा मालीमा भएको कार बम विष्फोटमा कम्तिमा पनि ३७ जनाको मृत्यु भएको छ । गावो शहरमा सेनाको एक क्याम्प बाहिर विष्फोटकले भरिएको एक गाडी ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।

मालीमा तैनाथ संयुक्त राष्ट्र संघको मिसनले समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै हमला आत्मघाती रहेको बताएको छ । विष्फोटमा परेकाहरु रेगिस्तानी क्षेत्रमा गस्ती गर्दै आएका बताइँदैछ । मालीको रेगिस्तानी क्षेत्र २०१२ मा इस्लामी चरमपन्थीको कब्जामा परेपछि अशान्त छ ।

फ्रान्सले संघर्ष दबाउन २०१३ मा आफ्नो सेना पठाएपनि तनाव जारी छ । अधिकारीहरुले भनेका छन्, ‘फ्रान्सको सेना रहेपनि यसरी पटक–पटक अपहरण र विष्फोट भइरहेकै छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ