arrow

रियाल मड्रिडको लगातार दोस्रो हार, सेल्टाभिगोसंग पनि पराजित

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
real-madrid.jpeg
स्पेन । ४० खेलमा अपराजित रहँदै कीर्तिमान रचेको स्पेनिश फुटबल क्लव रियाल मड्रिडले लगातार दोस्रो हार बेहोरेको छ । कीर्तिमानलाई लम्ब्याउने अपेक्षा गरिएको रियालले स्पेनिश लिगमा नाटकीय तरिकाले सेभियासंग हार बेहोरेपछि दोस्रो खेलमा कोपा देल रे मा सेल्टाभिगोसंग २–१ को हार खेपेको छ । 
 
घरेलु मैदानमै खेलेको रियाल मड्रिडले कोपा देल रे को क्वार्टरफाइनलको पहिलो लेगमा हार बेहोरेको हो । खेलको ६४ औं मिनेटमा लिभरपुलका पूर्व स्ट्राइकर इयागो अस्पासले गोल गर्दै सेल्टाभिगोलाई अग्रता दिलाए ।
 
६९ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियाललाई बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमै जोनीले गोल गर्दैै सेल्टाभिगोलाई जिताए । यो हारले भने जिनेजिन जिदानको रियाललाई ठूलो झड्का लागेको छ । 
 
कोपा देल रे मा अलाभेसले अर्कोरोनलाई २–० ले हरायो । 
 
प्रतियोगिता अन्तर्गत बिहीबार राति १२ बजे एथलेटिको मड्रिड र आइबर तथा २ बजे रियाल सोसिडाडले घरेलु मैदानमा बार्सिलोनासंग खेल्नेछ । 
 
Cristiano Ronaldo hurdles over Gustavo Cabral as the Real Madrid talisman shows his athletic prowess 
Celta Vigo players celebrate their side's opener as they congregate around Aspas who broke the deadlock
Aspas celebrates with both arms raised aloft as Cristiano Ronaldo waits impatiently to get the game back underway
Celta stunned Zinedine Zidane's team as they struck straight after conceding and the Bernabeu fell silent 
Celta Vigo celebrate edging back in front just moments after Real pulled level as Jonny scored the decisive goal 
Roncaglica and Vazquez go to ground as they collide in a battle for possession during the first half of action
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ