arrow

ओलीलाई उछिन्दै माओवादी नेताद्वारा पुल शिलान्यास, भन्छन्– ‘ओलीको होइन, हाम्रो योजना’

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
maobadi.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट–९ जोड्ने बेतेनी–माँवा–आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेका छन् । आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरेका हुन् ।
 
उक्त पुल आफूहरुको पहलमा बनेको झापा– ७ का इञ्चार्ज समेत रहेका पुरीले दाबी गरे । ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको थियो । शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्ने तयारी गरेकाले आफूहरुले प्रतिकार गर्नु परेको बताए ।
 
उनले भने, ‘ओलीजी यो देशको पूर्वप्रधानमन्त्री हो, पुल शिलान्यास गर्न उहाँलाई अधिकार छ, तर हामीले दुःख गरेर योजनामा पारेको पुलको शिलान्यासको खबर त कमसेकम हामीलाई हुनुपर्ने थियो । त्यो भएन, त्यसैले प्रतिकारस्वरुप शिलान्यास गरेका हौं ।’
 
आफूहरुले पारेको योजनामा ओलीले रजाई गरेको आरोप लगाउँदै उनले ठूला मान्छेले यस्तो हर्कत गर्न नहुने बताए । (अन्नपूर्ण पोष्ट दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ