arrow

बिजुली चोरहरु धमाधम कार्वाहीमा, चुहावट नियन्त्रण अभियान तीव्र

टीभी, फ्रिज नै नियन्त्रणमा

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
electricity-hooked.jpeg
उर्लाबारी । नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । 
 
विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बताए । 
 
विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान पनि नियन्त्रणमा लिइएको छ । 
 
अभियानअन्तर्गत विगत तीन महिनामा रु ११ लाख ४६ हजार ६ सय राजस्वसमेत असुुल भएको जनाइएको छ ।
 
विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत अहिले दैनिक तीन देखि चार जनालाई कारबाही गरिरहेको कार्यालयले जनाएको छ । 
 
विद्युुत् चोरी गर्ने विराटनगरको अरुण सिनेमा हललाई सबैभन्दा बढी रु एक लाख ३४ हजार जरिवाना गरिएको कार्यालय प्रमुुख कुसियतले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ