arrow

अज्ञात गाडीको ठक्करबाट एकको मृत्यु

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
accident-final.jpeg
रत्ननगर । पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो । अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको उनको भनाइ छ । 
 
मृतकको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको उनले जानकारी दिए । प्रारम्भिक जानकारीमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
अहिले प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पठाइएको र शवको मुचुल्का गरिने जनाइएको छ । भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ