arrow

'विमानस्थल भन्सारका सबै कर्मचारी फेरेर भएपनि अवस्था सुधार्नु'

एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
airport.jpeg
काठमाण्डौ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । 
 
सुन तस्करी बढेपछि अर्थमन्त्रीले भन्सारलाई सुधार्ने बारे सोचेका छन्। एक हप्ता भित्र ४५ किलो सुन समातिएपछि भन्सारका बारे सामाजिक संजाल एवं मिडियाहरुमा धेरै सोध खओज भएपछि अर्थमन्त्रीले कदम चालेका हुन्। 
 
अर्थ मन्त्रीले 'भुरा माछा र 'ठूला माछा'को कुरा निकाले पछि देशमा नयाँ सन्सनी मच्चीएको छ।
 
“एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर भने–“एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्न भएन ।”  
 
वर्षौ देखी एउटै कर्मचारी बसेर तस्करीको सेटिङ्ग गरीरहरको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिनुभएको हो । आधुनिक उपकरण सहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भएपनि, भन्सारलाइ चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले बिशेष निर्देशन दिनुभयो । 
 
भन्सार बिभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्यिुटीमा रहेका कर्मचारीहरुलाइ  तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराउनुभयो । उहाँले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाटनै चुस्त दुरुस्त सेवा दिने बिषयमा योजना बनाइरहेको वताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ