arrow

मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
news-aaja-cabinet.jpeg

काठमाडौं । सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले दिने १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको सहायता लिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने, प्राविधिक प्रमूख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै २०७१ सालको बाढी पहिरोबाट क्षतिग्रस्त बाँके, बर्दिया, दाङ्, सुर्खेत लगायतका जिल्लामा नीजि आवास पुनःनिर्माणका लागि अनुदान वितरण कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ । बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गरेको छ । त्यस्तै बैठकले नेपाल टेलिकम प्राधिकरणमा रिक्त रहेका २ सदस्य पदपूर्तिका लागि सञ्चार सचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

मन्त्रिपरिषद्ले कानुनी क्षेत्रका विभिन्न पदमा नियुक्ति र पदोन्नतिको निर्णय गरेको छ । बैठकले काभ्रेमा हत्या गरिएका अजित मिजार र लक्ष्मी सुनारको छानविन र सहयोगको लागि मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा एक समिति गठन गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ