arrow

हेटौंडामा प्रहरी र स्थानीयबीच झडप, स्थिति तनावग्रस्त

२ राउण्ड अश्रुग्यास प्रहार

logo
सुनिल सिवाकोटी,
प्रकाशित २०७३ माघ ६ बिहिबार
hetauda-tanab.jpeg

मकवानपुर । हेटौँडाको बुद्ध चोक र राप्ती रोडमा स्थानीयबासी–आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । स्ठानीयले प्रहरीलाई ढुंगा प्रहार गरेका छन् । झडपमा परी केही घाइते भएका छन् भने, भीड नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको छ  । आन्दोलनकारीले आन्दोलन फिर्ता लिएको बताएपनि बिचैमा घुसपैठ भएको र स्थिति तनावग्रस्त भएको प्रहरीले जनाएको छ ।  प्रहरीले केहीलाई नियन्त्रणमा लिएकाे छ ।

हेटौंडा उपनगरपालिका–१ र १० मा रहेको हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा बाटोमा परेका घर भत्काएको विरोधमा स्थानीय व्यापारीले दुई दिनदेखि बन्द गराएका थिए । बन्द खुलेको भनेकै केही घण्टा नवित्दै झडप भएको हो ।  केही दिन अघि एमाले सांसदले जबरजस्ती घर भत्काइए रक्तपात हुने चेतावनी दिएका थिए ।

मध्यमाञ्चल सडक क्षेत्रीय कार्यालय हेटौँडाले एसियन हाइवेअन्तर्गत पर्ने सडकको दुवैतर्फ २५–२५ मिटरको सडक चौडा गर्नु पर्ने भन्दै बुधबार सर्वसाधारणका १४ वटा घर र रेडक्रस सोसाइटीको भवनसहित १५ वटा भवन भत्काएको थियो । वुधबार स्थानीयले घर भत्काउनमा सघाएकामा विहिबार घुसपैठ भएको हो ।

सर्वसाधारण नागरिकको घर र जग्गाको उचित मुआब्जा दिएर मात्रै घर भत्काउनुपर्ने भन्दै मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेले क्षेत्रीय सडक डिभिजन कार्यालयलाई माग गरेका छन् । क्षेत्रीय सडक कार्यालय, हेटौँडा उपनगरपालिकाअन्र्तगत रहेको स्थानीय रातोमाटेदेखि स्थानीय चौकीटोल र हेटौँडा–नारायणघाट सडकखण्डमा पर्ने करिब दुई हजार आठ सय घरलाई आगामी १५ दिनभित्र नभत्काउने गरी मालसामान सार्न अनुरोध गरी सूचना प्रकाशित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ