arrow

जापानमा नेपाली युवा थापालाई 'युथ लिडर अवार्ड'

logo
संगिता कुँवर।
प्रकाशित २०७३ माघ ६ बिहिबार
jigyan-kumar-thapa.jpeg
टोकियो । जापानमा 'युथ लिडर अवार्ड'बाट नेपाली युवा जिज्ञान कुमार थापा सम्मानित हुने भएका छन् । सामाजिक काममा योगदान गरे वापत थापा ‘युथ लिडर अवार्ड’बाट सम्मानित हुने भएका हुन् ।  'डेप्लोपमेन्ट एसोसिएसन फर युथ लिडर्स ' ले ७ वर्ष अघि देखि प्रदान गर्दै आएको युवा नेतृत्व पुरस्कार पहिलो पटक विदेशी नागरिकका रुपमा नेपाली युवा थापाले प्राप्त गर्न लागेका हुन् ।
 
जापानलाई अन्तराष्ट्रियकरण गर्न तथा गैरसहकारी संस्था मार्फत सामाजिक कार्यमा अग्रसर भएकोले थापालाई वर्षको 'युथ लिडर अवार्ड'दिने भएको हो । रोपोन्गी हिल्समा जापानका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा फेव्रुअरी २१ तारिखमा सम्मान गर्ने कार्यक्रम रहेको छ । थापा हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा  सल्लाहाकार हुन् । थापा नेपाल विज्ञको रुपमा पनि कार्यरत छन् । 
 
जापानले आफूलाई वर्ष युवा घोषणा गर्ने जानकारी पाएपछि जिज्ञानकुमार थापाले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गर्दै ' फेरि एक पटक ढाका टोपी र नेपाली झण्डा फहरिनेभएको छ। हजुरहरुको सहयोगकोलागी धन्यवाद ' लेखेका छन् । यस वर्षको युवा नेतृत्व पुरस्कार थापासंगै ४ जना जापानीले पनि पाउँदै छन् ।
सन् २००० मा बिधार्थीका रुपमा जापान आएका थापा कानागावा प्रान्तमा कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ