arrow

अष्ट्रेलियन ओपन: जोकोविच ११७औं स्थानका स्टोमिनसँग पराजित

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Istomin_Tennis.jpeg
मेलबर्न। विश्वका २ नं बरियताका टेनिस खेलाडी नोभाक जोकोविच अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन्। उनलाई उजबेकिस्तानका डेनिस स्टोमिनले ६-७, ७-५, ६-२, ६-७, ४-६ले पराजित गरेका हुन्। 
 
पाँच सेटमा खेलिएको उक्त खेलमा जोकोविचले पहिलो सेट गुमाएका थिए भने दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेका थिए्।
 
तेस्रो सेट पछि स्टोमिनलाई खुट्टामा चोट लागेको भए पनि चौथो र पाँचौं सेट जितेका थिए। विश्व बरियतामा ११७औं स्थानमा रहेका स्टोमिन दोस्रो नंका जोकोविचलाई पराजित गर्दै विश्व टेनिसमा तरंग ल्याएका छन्। 
 
३० बर्षिय स्टोमिन २ पटक मात्र ग्राण्डस्लाम टेनिसको दोस्रो चरणमा प्रवेश गरेका थिए। यसअघि जोकोविचसँगको ५ भिडन्तमा सबैमा पराजित स्टोमिनले ६ पटक अष्ट्रेलियन ओपन बिजेता जोकोविचलाई दोस्रो चरण कट्न दिएनन्। 
 
यसअघि जोकोविच सन् २००८को विम्बलडनमा दोस्रो चरणबाट बाहिरिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ