arrow

विवादमा परेका कार्की फेरि रेडियो नेपालको कार्यकारी नियुक्त

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
suresh-kumar-karki-news-aa.jpeg

काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी नियुक्त गरेको हो । कार्यकारी निर्देशक नै रहेका कार्कीको कार्यकाल गएको मंसिरमा सकिएको थियो ।

कार्की फेरि ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका छन् । कार्की यसअघि कार्यकाल सकिनु १९ दिन बाँकी छँदा प्रक्रिया नै नसकी अमेरिका उडेपछि विवादमा तानिएका थिए । पदावधि सकिन १९ दिन मात्रै बाँकी रहँदा कार्कीलाई प्रक्रिया नै पूरा नगरी सूचना तथा सञ्चार मन्त्रालयले अमेरिका भ्रमणको अनुमति दिएको थियो ।

कात्तिक ३० गते राति कार्की एक इन्जिनियरलाई साथमा लिई अमेरिका पुगेका थिए । १२ वटा एफएम ट्रान्समिटर किन्न भन्दै रेडियो नेपालले गोरखापत्रमा वैशाख २१ गते पहिलोपटक बोलपत्र आहृवान गरेको थियो । कार्कीले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आहृवानको सूचना अंग्रेजी भाषामा प्रकाशन गर्नुपर्नेमा नेपालीमै गर्न लगाएको आरोप थियो।

सार्वजनिक खरिद ऐनले अन्तर्राष्ट्रियस्तरको बोलपत्र अंग्रेजी भाषामा प्रकाशन गर्नु पर्ने र बोलपत्र वा पूर्व योग्यता सम्बन्धी सबै कागजात अंग्रेजी भाषामा उपलब्ध गराउनु पर्नेछ, भनेकाे छ । कर्मचारी युनियनका पदाधिकारीहरुले कार्कीले अमेरिकाको गेट्स एयर नामक कम्पनीलाई टेण्डर पार्ने नियत राखि सो कम्पनीको नेपाली एजेण्ट टोन जेड कन्सलटेन्सीमार्फत् भ्रमणको सेटिङ मिलाएको आरोप लगाएका थिए ।

कार्कीले ठूला टेण्डर खोल्दा सार्वजनिक खरिद इकाई कार्यालयको अनुमति लिने व्यवस्थालाई कुल्चेर काम गरेको कर्मचारी युनियन पदाधिकारीहरुको आरोप थियो । कार्कीले फ्याक्ट्री भिजिटवापत करिब २२ लाख रुपैयाँ रेडियोले नै व्यहोर्ने गरी टेण्डर पारेका बताइन्छ ।

कार्कीको साथमा अमेरिका ९औं तहको इन्जिनियर पनि ट्रान्समिटर खरिद र गुणस्तर सम्बन्धि हुनुपर्ने मेकानिकल इन्जिनियर भने नभएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ