arrow

पिठोसँग चामल साट्दै विकट क्षेत्रका बासिन्दा

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ माघ ६ बिहिबार
junelo-2.jpeg
पोखरी(उदयपुर) । बजारमा माग बढेपछि दर्गम पहाडी क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन । डुम्रे, आँपटार, पोखरी, लाफागाउ“, बलम्ता, ताम्लिछा लगायतका आधा भन्दा बढी पहाडी गाविसमा किसान व्यावसायिक खेतीमा लागेका हुन् ।
 
पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्त्तै बढेको छ । बिशेष गरेर शहरीया उपभोक्ताको दैनिक उपभोग्य वस्तुको रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामिण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् । दुई-चार बर्ष अघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुको रुपमा हेरिन्थ्यो,त्यसले खेती पनि क्रमस कम हुँदै गएको थियो । तर, पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको पोखरीका किसान हेम मगर वताउँछन् । पोखरी क्षेत्रमा बिशेष गरेर जुनेलो बढी फल्ने उनले वताए । “५-७ बर्ष अघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो” मगरले भने, “ त्यसैले आफैले जाँड र रक्सीमा प्रयोग गर्ने गरेका थियौ । ” तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेको उनले वताए ।
 
मगरले अहिले झण्डै ५ रोपनी क्षेत्रफल जग्गामा जुनेलो खेती गरेका छन् । अव केहि समयपछि जुनेलो तयार हुने मगरले वताए । तयारी जुनेलो अग्रिम बिक्री भईसकेको उनले वताए । “ मूल्य निर्धारण गरेर  अहिले ५ हजार रुपैयाँ बैना लिएको छु ” मगरले भने । फापरको पनि बजारमा माग बढेको छ । बिशेष गरेर उपभोक्ताले तितेफापर खोज्ने भएकोेले किसानले पनि तितेफापरकै खेती बढाएका छन् । पहिले पहिले गाउ“घरमा सागको लागि तितेफापर खेती गर्ने गरेको किसान वताउँछन् । तर, पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको लाफागा“उकी गोमा थापाले वताइन् । “ हाम्रो बारीमा पहिले तितेफापर फल्दैन थियो ” उनले भनिन्, “ आफैले खाजामा रोटी खानका लागि मिठेफापर लगाइन्थ्यो । ” दुई बर्षयता मिठेको साटो तितेफापरको खेती गर्न थालेको उनले वताइन् । 
 
“घट्टामा पिँधेको फापरको मिठोसंग चामल साटिन्छ” आ“पटारको रौतापोखरीमा भेटिएका ताम्लिछाका नरमान विश्वकर्माले भने, “मेरो त पछिल्लो समय व्यावसाय नै परिर्वतन भएको छ ।” आरनको काम छोडेर गाउँको घट्टामा फापर पिँधेर गाईघाट बजार लगेर बिक्री गरेर चामल ल्याउने गरेको उनले वताए । विश्वकर्मा पहाडबाट पिठो लिएर आउने गर्छन् । गाईघाटबाट चामल लगेर बिक्री गर्छन् । “चामल बिक्री गरेर फापर किन्छु” विश्वकर्माले हाँस्दै भने, “त्यसैले अहिले म पिठो संग चामल साटदै छु ।” पिठो मात्रै होइन,  बर्षमा झण्डै २ सय ५० पाथी फापर पनि बजारमा लगेर बिक्री गर्ने गरेको उनले वताए । 
 
अहिले बजारमा धानको मूल्य २२ रुपैया प्रति किलोग्राम छ । एक पाथीमा करीव ४ केजी हुन्छ । यसरी मूल्याकन गर्दा एक पाथी धानको ८८ रुपैयाँ मूल्य पर्छ । तर  गा“उमा उत्पादन भएको फापर एक पाथीको १ सयदेखि १ सय ३० रुपैयाँ सम्ममा बिक्री हुने गरेको डुम्रेका किसान भक्तबहादुर मगरले वताए । बजारमा माग बढ्नु भनेको यी वस्तुको प्रयोग गर्ने उपभोक्ता बढ्नु नै मूख्य कारण रहेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले वताए । “पछिल्लो समय विभिन्न रोगका बिरामीमध्ये उच्च रक्तचाप र मधुमहेका बिरामीले बढि प्रयोग गर्ने गरेकोले माग बढेको हो” उनले भने, “माग बढेपछि मूल्य पनि बढ्नु स्वभाविकै हो । ” उत्पादन बढ्दै गएपछि बजार मूल्य पनि कम हुँदै जाने उनले वताए । 
 
 समाचारसंग तस्विर पनि छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ