arrow

युवराजले तोडे १३ वर्ष अघिको कीर्तिमान

भारतबाट इङ्गल्याण्डविरुद्ध सवै भन्दा बढी रन बनाएकाे रेकर्ड, सचिनलाई पछारे

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Yuvraj-singh-new.jpeg

कटक । भारतीय व्याट्सम्यान युवराज सिंहले एकदिवसीय क्रिकेटमा करियरकै नयाँ कीर्तिमान बनाएका छन् । तीन वर्षपछि भारतको एकदिवसीय टोलीमा फर्किएका युवराजले आफ्नै नामको कीर्तिमान तोडेका हुन् । १३ वर्षअघि अस्ट्रेलियाविरूद्ध बनाएको १ सय ३९ रनको उच्च स्कोर युवराजले तोडेका हुन् ।

कटकमा इङ्गल्याण्डविरूद्धको दोस्रो एकदिवसीयमा युवराजले बेन स्टोक्सको बलमा छक्का प्रहार गर्दै सन् २००४ मा सिड्नीमा अस्ट्रेलियाविरूद्ध बनाएको उच्च स्कोरको रेकर्ड तोडे । भारतको चौथो विकेटका लागि युवराजले ३ छक्का र २१ चौका प्रहार गर्दै १ सय ५० रन बनाए । १ सय २७ बल खर्चेका युवराज भारतको ४ विकेट चट्काएका क्रिस वोक्सको धरापमा परे ।

सन् २००० मा नैरोवीमा केन्याविरुद्ध भएको एकदिवसीयबाट डेब्यू गरेका युवराज २०१३ एकदिवसीयबाट बाहिरिएका थिए । यद्यपि, विराट कोहलीले एकदिवसीयको कप्तानी सम्हाल्नेवित्तिकै युवराज एकदिवसीय टोलिमा फर्किएका हुन् । ३५ वर्षीय युवराजले एक दिवसीयमा हालसम्म कुल ८ हजार ३ सय ४४ रन बनाएका छन् । उनले बलिङतर्फ कुल एक सय ११ विकेट लिएका छन् ।

यस्तै, युवराजले इङ्गल्याण्डविरुद्ध सवै भन्दा बढी रन बनाउने भारतीय व्याट्सम्यानको रेकर्ड पनि तोडेका छन् । उनले इङ्गल्याण्डविरुद्ध उच्च स्कोर बनाउने सचिन तेन्दुलकरलाई पछि पारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ