arrow

पहिलो एकदिवसीयमा ६ रनमा आउट भएका धोनीले दोस्रोमा वर्षाए ६ छक्का

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
dhoni-new-aa.png

कटक । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले कप्तानी त्यागेपछिको दोस्रो एदिवसीय क्रिकेटमा सतक पूरा गरेका छन् । कटकमा इङ्गल्याण्डविरुद्धको दोस्रो एकदिवसीयमा धोनीले युवराज सिंहसँग उत्कृष्ठ पारी खेल्दै एक सय ३४ रन बनाए ।

धोनीले ६ छक्का र १० चौका प्रहार गर्दै उच्च स्कोर बनाए । १ सय २२ बल सामना गरेका धोनीले इङ्गल्याण्डविरुद्धको पहिलो एक दिवसीयमा ६ बलमा जम्मा ६ रन बनाएका थिए । दोस्रो एकदिवसीयमा धोनीले अझै आफुमा व्याटिङ पावर जिवितै रहेको सावित गरेका छन् ।

केही दिन अघि मात्रै एक दिवसीय र टि–ट्वेन्टीको कप्तानी छोडका ध्वनी अहिले विराट कोहलीको कप्तानीमा एकदिवसीय खेलिरहेका छन् ।

युवराज सिंहको एक सय ५० र धोनीको एक सय ३४ रनको मद्दतमा भारतले इङ्गल्याण्डविरुद्ध ३ सय ८१ रनको विशाल योगफल बनायो । पहिलो एक दिवसीय भारतले ३ विकेटले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ