arrow

प्रचण्डको मन्त्रिपरिषद् अब ४३ सदस्यीय, पार्टी खारेज भएका सिंह खानेपानी मन्त्री

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
mantri-new-a.jpeg

काठमाडौं  । दुई जना मन्त्रीले सपथ लिएपछि अव पुष्पकमल दाहालको मन्त्रिपरिषद् ४३ सदस्यीय भएको छ । विहिबार खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह र नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले सपथ लिएका हुन् । दुवै मन्त्रीले विहिबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।  

सिंहदरबारमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री सिंहले यसअघि आफूले तयार पारेको खानेपानी सरसफाइसम्बन्धी कार्यक्रमलाई पूरा गर्ने प्रतिवद्धता गरे ।

मन्त्री सिंहले भने, ‘सुक्खाग्रस्त २० जिल्लालाई लक्षित गरेर यसअघि मैले खास कार्यक्रम तर्जुमा गरेको थिएँ, ती कार्यक्रमलाई पूरा गर्नेछु, उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्ची छिटो ल्याउन लाग्नेछु ।’

मन्त्री सिंहको दल समाजवादी जनता पार्टीलाई वार्षिक आयव्यय नबुझाएको भन्दै निर्वाचन आयोगले गत वर्ष खारेज गरेको थियो । यसका विरुद्ध मन्त्री सिंहले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको फैसला भएको छैन ।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीले दल खारेज भएको नेता मन्त्री बन्नुभयो भन्ने प्रश्नमा मन्त्री सिंहले नेपालको संविधान २०७२ मा आयोगले दल खारेज गर्न पाउने व्यवस्था नभएको जिकिर गरे ।

दोस्रोपटक मन्त्री भएर आएका सिंहलाई मन्त्रालयका निमित्त सचिव इन्जिनियर रामचन्द्र देवकोटालगायत कर्मचारीले स्वागत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमा गत साउनसम्म खानेपानी मन्त्रालयमा मन्त्री थिए ।

सहरी विकास मन्त्रालयबाट खानेपानी र सरसफाइसम्बन्धि महाशाखा झिकेर २०७२ असोजमा मन्त्रालय गठन गरिएको थियो । यसैगरी, नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पनि विहिबार पदभार ग्रहण गरे ।

मन्त्री खड्काले सञ्चारकर्मीसँग कुराकानी गर्दै जनताको जीवनस्तर उकास्ने आफ्नो मन्त्रीकालको पहिलो प्राथमिकता रहेको बताए । मन्त्री खड्काले भने, ‘राजनीतिक दल खोल्दा राज्य सत्तामा पुगेर नेपाल राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यअनुसार सत्ता साधन भएकाले साधनको प्रयोग गरेर मुलुकलाई अगाडि बढाउन चाहन्छु ।’ मन्त्री खड्काले लोकतन्त्रमा बढी दल हुनु स्वभाविक भएको भन्दै एक दल भएका व्यक्तिले मन्त्री पाउनु स्वभाविक प्रक्रिया भएको बताए ।

Image may contain: 2 people, people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ