arrow

वालिङ महोत्सवको रौनक बढ्यो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ ६ बिहिबार
waling-mhosab.jpeg
 स्याङ्जा । आगामी माघ १३ गते देखि २३ गते सम्म आयोजना हुने छैटौ वालिङ महोत्सवको मिति नजिकिदै जादा रौनकता बढेको छ । ठाँउ ठाँउमा स्वागत गेट देखि लिएर वालिङ बजारलाई ध्वजापताकाले रङ्गाउन थालेपछि महोत्सवको रौनकता बढेको हो । 
 
महोत्सवलाई सफल बनाउन आयोजकले प्रचार प्रसारलाई व्यापकता दिएका छन् । महोत्सव अवधीभर हेलिकप्टरबाट मेला अवलोकनका साथै जिल्लाका विभिन्न ठाँउमा रहेको धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गर्ने पाईने व्यवस्था आयोजकले मिलाएको छ । अर्को तर्फ आँधीखालामा जलविहार गर्ने दर्शकहरका लागि तिनओटा डुगाको व्यवस्था भइसकेको छैटौ वालिङ महोत्सव २०७३ मुलआयोजक समितिका संयोजक शोभाकान्त पौडेलले बताए । 
 
विगतमा आयोजना भएका महोत्सव भन्दा पृथक हुने आयोजकले दावी गरेका छन् । महोत्सवमा साँस्कृतिक, गाविस स्तरीय भलिवल प्रतियोगिता, स्याङजा आइडल डान्स, प्यारागलाइडिङको रमाइलो, कृषि प्रदर्शनी लगायत दर्जनौ मेलाको आकर्षणको रुपमा रहेको संयोजक पौडेलले बताए । महोत्सवको तयारीलाई अन्तिम रुपमा पु¥याई सकेको आयोजकको भनाई छ । हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा ३ सय स्टल रहने महोत्सवका स्टल संयोजक यामप्रसाद अधिकारी(लक्ष्मण) ले जानकारी दिए । विभिन्न सामाग्रीहरुको व्यापारका साथै कृषि प्रदर्शनीका लागि २० ओटा स्टलहरु निशुल्क पाईने व्यवस्था आयोजकले मिलाएको छ । 
 
एक करोड आम्दानी गर्ने र ६० लाख खर्च हुने अनुमान सगै महोत्सवबाट करिव ४८ लाख रकम वचत हुने अपेक्षा आयोजकको छ । ८ करोडको आर्थिक कारोवार हुने महोत्सवमा ५ लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षामा आयोजक रहेको छ । स्थानीय उत्पादनलाई बढवा दिने अपेक्षाका साथ आयोजना हुन लागेको महोत्सवले स्थानीय स्तरमा उत्पादित कृषि सामाग्रीको बजारीकरणमा टेवा पुग्ने आशा गरिएको छ । स्याङ्जामा उत्पादन हुने सुन्तला, कफि, अदुवा लगायतका सामाग्रीलाई मेलाको माध्यमबाट निर्यात गर्न सजिलो हुने बताईएको छ । 
 
औद्योगिक व्यापार मेला, वालउद्यान, साँस्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहरी प्रतियोगिता, राष्ट्रि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंछी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, अर्गानिक कफि, पशुपंछी प्रदर्शनीका साथै विक्रि कक्ष लगायत मेलामा रहने प्रचार प्रसार संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए । हरेक दुई बर्षमा आयोजना हुने महोत्सवलाई वालिङ वासीले चाडको रुपमा लिने गरेका छन् । जसका कारण आफ्ना घर अगाडी आफैले रङ्चङ्गी बनाउनेकाममा स्थानीय स्वत स्फुर्त लाग्ने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ