arrow

संविधान संशोधनले नेपालको प्रगति र उन्नती नै गर्छ : भारतीय राजनीतिज्ञ जोशी

“भारत नेपाल अखण्ड रहोस् र रहिरहनेछ भन्ने संकल्प गर्दछ”

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
hot-news.jpeg
काठमाडौ। भारतीयजनता पार्टीका पूर्व अध्यक्षएवम् बरिष्ठ राजनीतिज्ञ मुरलीमोहन जोशीले संविधानमा सबैले अपनत्व महसुस गर्दा कुनै पनि देशको विकास तिब्र गतिमाहुने विश्वास ब्यक्त गरेका छन। 
 
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमाबोल्दै नेताजोशीले भने,‘भारतको संविधानपनि धेरै पटक संशोधनभएको छ, संविधानमा सबैले मेरो भन्ने गरी अपनन्त्वभएत्यसलेकुनै पनि देशको विकास तिब्र गति र दिगो रुपमा हुन्छ।’
 
बरिष्ठ नेता जोसीले भारत सवल, सक्षम, सम्पन्न, शान्त, समृद्ध र एकीकृत नेपालको पक्षमा रहेको भन्दै नेपालको संविधानमा समेत सबैले अपनत्व महसुस गर्नेगरी संसोधनहुन पर्ने धारणा राखे  । 
उनले भने,‘नेपालको संसदमा पेश भएको संविधान संसोधनविद्येयक सबैले अपनत्व ग्रहण गर्नेगरी अघि बढोस भन्ने चाहन्छौ,हामीदबाबदिँदैनौं, संसदमा टेबुलभएको संशोधनविद्येयकपारित भएनेपाल र नेपालीहरुकै हित हुन्छ।’
 
यद्धपी उनले यो विद्येयकपास गराउने वानगराउने भन्ने कुरा नेपालकै राजनीतिकदलहरुको अधिकारको कुरा भएको समेतबताए। उनले थपे,“भाजपाले हस्तक्षेप गर्दैन्, हामी नेपालको सदैव उन्नती र प्रगति चाहन्छौं, अब विकासमा नेपालले गति लिनुपर्छ, भारत हरेक किसिमको सहयोग गर्न तयार छ, नेपालभारतवीचको सम्बन्ध सुमधुर छ, प्रगाढ छ।”जोसीले नेपालभारत सम्बन्ध सुमधुर रहेकोले कसैले चाहेर पनियसलाई विगार्न नसक्ने विश्वास ब्यक्तगर्दै भारत र नेपालभुगोल सानो ठूलो भएपनि समान सार्वभौमसत्ता सम्पन्नमुलुकभएको बताए। 
 
उनले भने,‘भारत नेपाल बराबर हो, भुगोल ठूलो सानो भएर मुलुक सानो ठूलो हुँदैन, कसैले पनि बडे र छोटे भाईको ब्यवहार गर्नु हुँदैन । भारतले पनि नेपाललाई समान रुपमा हेरेको छ ।’ उनले थपे– स्वन्त्रत, सार्वभौमसत्ता सपन्नताको हिसावमाभारत नेपाल बराबरका हुन ।”रोटीबेटीदेखि समानधार्मिक, साँस्कृतिक सम्बन्ध र खुल्लासिमानाभएको मुलुकभारत र नेपालबाहेक अरु कतै नभएको भन्दै दुबै मुलुकले सहकार्य गरेर अघि बढ्नु पर्नेमाजोड दिए। 
 
पत्रकार ऋषिधमलाले भारतले नेपाललाई कमजोर र विखण्डन गराउन चाहन्छ अरे निभनेर गरेकोप्रश्नको उत्तर दिँदै उनले भने,“यस्तो कुरा नगर्नुहोस्, नेपाल अखण्ड हुनुपर्छ, सार्वभौमसम्पन्न हुनुपर्छ, यहाँप्रचार भएजस्तो भारतले कहिल्यै सोच्नैसक्दैन्।”
 
कार्यक्रममापत्रकार ऋषिधमलाले नेपाल र भारतवीच ऐतिहाँसिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामीदिनमा द्धिपक्षीय सम्बन्धलाई आर्थिक साझेदारीको रुपमा अघि बढाउनुपर्नेमाजोड दिए। उनले भारतले नेपालको विकासमाउल्लेखनीय सहयोग पुर्याएको बताउँदै आगामीदिनमा द्धिपक्षीय सम्बन्धलाई थपमजबुदबनाउँदै लैजानुपर्नेमाजोड दिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ