arrow

हेटौंडा झनै तनावग्रस्त, शुक्रबारदेखि अनिश्चितकालीन बन्द

घर भत्काउने काम नरोकिने

logo
सुनिल शिवाकाेटी
प्रकाशित २०७३ माघ ६ बिहिबार
Hetauda_banda.jpeg
काठमाडौं । बाटो विस्तारको विषयलाई लिएर हेटौंडामा केहीदिनदेखि जारी रहेको तनाव झनै चर्किँदै गएको छ । बुधबार केही मत्थर भएको जस्तो देखिएपनि बिहीबार पनि यहाँको जनजीवन तनावग्रस्त बन्न पुग्यो । बुधबार दिउँसो प्रदर्शनकारीले एक्कासी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेका प्रहरीहरुमाथि आक्रमण गर्ने प्रयास गर्दा पाँच जना प्रदर्शनकारी अहिले प्रहरी नियन्त्रणमा छन् । उनीहरुले दिउँसो एक्कासी ड्यूटीमा रहेका प्रहरीहरुमाथि ढुंगा बर्साएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
उता, आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीहरुले शुक्रबारदेखि हेटौंडामा अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । उनीहरुले शुक्रबारदेखि यहाँको कुनैपनि कलकारखाना, शिक्षणसंस्था तथा व्यापारिक केन्द्रहरु समेत बन्द गर्न विज्ञप्ती जारी गर्दै आग्रह गरेका हुन् । उनीहरुले बुधबार मात्रै आफूलाई सरकारले दमन गरेको भन्दै आन्दोलनको स्वरुप बदल्ने बताएका थिए । 
 
उता, सरकारले भने आन्दोलन जतिसुकै चर्किएपनि सडक विस्तारको काम नरोकिने बताएको छ । सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार यो काम जतिसुकै अवरोध भएपनि नरोकिने स्पष्ट पारेको छ । कार्यालयका प्रवक्ता जयराम अधिकारीले आन्दोलनकारीहरुको माग कानून विपरित रहेको भन्दै यो काम नरोकिने स्पष्ट पारेको हो । 
 
प्रहरीको हस्तक्षेपमा एमालेका जिल्लास्तरीय नेताहरु समेत रहेको बुझिन आएको छ । तर अऔपचारिक रुपमा भने कुनैपनि जानकारी आएको छैन । यसैबीच, राप्रपाका अध्यक्ष कमल थापाले पनि हे टौंडामा सडकबिस्तार(राजमार्ग बन्नु अगावैको मानव बस्तिलाई बिना मुवाव्जा जबरजस्ती हटाउने कार्य तत्काल रोकी वार्ता र कानुनको आधारमा समाधान खोज्न सामाजिक सञ्जालबाट आग्रह गरेकाछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ