arrow

नेपालमा लगानी भित्र्याउन सरकारले चीनसँग यस्ताे प्रस्ताव

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Investment.jpeg
काठमाडौँ । नेपालमा थप चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आज चीनको राजधानी बेइजिङमा ‘नेपालमा लगानीका अवसर’ विषयमा कार्यशाला आयोजना गरिएको छ ।
 
बेइजिङस्थित नेपाली राजदूतावास र ‘बेल्ट एन्ड रोड एम्बासडर्स फोरम’ले दूतावासमा संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यशालामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा लगानीका प्रशस्त अवसर रहेकाले त्यसको भरपूर उपयोग गर्न चिनियाँ उद्यमी–व्यवसायीलाई आग्रह गरे ।
 
क्षेत्रीयस्तरमा साझा समृद्धि हासिल गर्ने ‘एक क्षेत्र एक सडक’ प्रयासमा चीनको प्राविधिक एवम् वित्तीय क्षमताको सराहना गर्दै उनले नेपाली सेवा र उत्पादनलाई चिनियाँ बजारमा ल्याउन नेपाली र चिनियाँ उद्यमीबीचको सहकार्यमा जोड दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
 
पर्यटक एवम् साहसिक गतिविधिका प्रख्यात स्थलको मूल्याङ्कनमा लन्ली प्लानेटले सन् २०१७ मा विश्वका भ्रमण गर्नैपर्ने राष्ट्रको सूचीमा नेपाललाई पाँचौँ स्थानमा राखेको उल्लेख गर्दै राजदूत पौड्यालले अधिकाधिक चिनियाँ पर्यटक नेपाल पठाउन र उत्पादनका कलकारखाना नेपालमा स्थापना गर्न आग्रह गरे । कार्यशालामा चीनको विभिन्न प्रान्तका २२ उद्यमी–व्यवसायीले भाग लिएका थिए ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ