arrow

दोस्रो एक दिवसीय क्रिकेट जितेर भारतले इङल्याण्डविरुद्धको श्रृंखला जित्यो

युवराज सिंह बने म्यान अफ द म्याच

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
india.jpeg
कटक । इङल्याण्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा १५ रनको रोमाञ्चक एवं संघर्षपूर्ण जित हासिल गरेर भारतले तीन खेलको श्रृंखलामाथि कब्जा जमाएको छ । ३८२ रनको कठिन चुनौती पछ्याउने क्रममा बिहीबार राति इङल्याण्डले ८ विकेटको क्षतिमा ३६६ रन बनाएर भारतलाई अन्तिम समयसम्म पनि कडा टक्कर दिएको थियो ।
 
कप्तान इओन मोर्गानले रन आउन हुनुपूर्व १०२ रन जोडे । त्यस्तै जासन रोय, मोइन अली र जो रुटले अर्धसतक बनाए । रविचन्द्रन आश्विनले ३ तथा जसप्रित बुमराहले २ विकेट लिए । 
 
यसअघि भारतले म्यान अफ द म्याच युवराज सिंहको १५० रनको मद्धतले ६ विकेटको क्षतिमा ३८१ रन बनायो । महेन्द्र सिंह धोनीसंग मिलेर चौथो विकेटका लागि २५६ रन जोड्ने क्रममा युवराजले १२७ बलमा ३ छक्का र २१ चौकासमेत प्रहार गरेका थिए ।
 
युवराजको यो करियरकै सबैभन्दा बढी रन हो । उनले योसंगै सचिन तेन्दुलकरले इङल्याण्डविरुद्ध बनाएको कीर्तिमान पनि तोड्दै आफ्नो नाममा लेखाएका छन् । धोनीले १२२ बलमा १३४ रन जोडे । 
 
पहिलो खेल पनि जितेको भारतले दोस्रो खेल जितेसंगै श्रृंखलामाथि कब्जा जमाएको हो । अन्तिम तथा तेस्रो खेल आइतबार हुनेछ । यो खेल जितेर भारतले श्रृंखलामा ह्वाइटवास गर्न चाहन्छ ।
 
यसअघि भएको पाँच खेलको टेष्ट क्रिकेट श्रृंखला भारतले ४–० ले जितेको थियो । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ