arrow

कमल थापा र विजय गच्छदार सरकार बाहिर हुनुको रहस्य यस्तो

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
kamal-and-bijaya.jpg.jpeg
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको योजना तत्काललाई टरेको छ । प्रचण्ड बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन् ।
 
प्रधानमन्त्री प्रचण्ड थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए । उनले दुईतीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए ।
 
स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए । केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकन्ठ पुगेका थिए ।
 
स्रोतका अनुसार गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो । 
 
गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादा क्रममा आफू हुनुपनेर्त दाबी गरेका थिए । त्यस्तै उनीहरुले मन्त्रालय पनि आफूले भनेको हुनुपर्ने सर्त राखेका थिए ।
 
प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारले भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एकसहित उपप्रधानमन्त्री पाउनुपेर्न दाबी गरेका थिए । 
 
त्यसैगरी थापाले परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका थिए ।
 
प्रचण्ड वर्तमान सञ्चारमन्त्रीलाई फिर्ता बोलाई उनको ठाउँमा गच्छदारलाई लैजान तयार छन् तर कांग्रेस सभापति देउवा भने कुनै पनि अवस्थामा वर्तमान परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई फिर्ता बोलाउने पक्षमा छैनन् ।
 
मर्यादात्राममा प्रधानमन्त्री पछि रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पनि मर्यादाक्रमबाट तल झर्न तयार छैनन् । देउवा पनि यसमा सहमत छैनन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ