arrow

न्यायाधीशले नै न्याय नपाएपछि....

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
rule-of-law.jpeg
काठमाडौं । न्याय नपाए अदालत जानू, न्यायाधीशले न्याय दिलाउँछन् । कानुनी राज्यमा विश्वास राख्ने आम मानिसमा यो भर मात्र छैन, न्यायाधीशप्रति आस्था पनि उत्तिकै छ ।
 
कतिपयले न्यायाधीशलाई ईश्वरकै प्रतिमूर्ति मान्छन्। यो कथा तिनै न्यायमूर्तिको हो जो आफैं अन्यायको जाँतोमा पिधिँइरहेको छन् । एक होइन, दुई होइन, तीन होइन, ३२ वर्षदेखि ।
 
अझ आश्चर्य त सधैं अरूलाई न्याय दिने यी न्यायाधीशमाथि अन्याय गर्ने कुनै व्यत्ति होइन । स्वयं राज्य हो ।
 
उनी अर्थात न्यायापरिषदमा कार्यरत न्यायाधीश प्रकाशकुमार काफ्ले। ३२ वर्षअघि न्यायधीश नियुक्त उनले अहिलेसम्म कुनै बढुवा पाएनन्। 
 
उच्च अदालतका ८० जना न्यायाधीश नियुक्त हुँदासमेत आफू नपरेपछि उनी न्याय माग्न अदालत आएका छन्।
 
उनले आफूलाई अन्याय भएको दावी गर्दै सर्वोच्च अदालतमा गरेको रिट निवेदनमा बिहीबार पहिलो सुनुवाइ भएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ