arrow

रातारात फिर्ता भयो हेटौंडा बन्द, सडक विस्तार पनि तत्काल रोकिने

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Hetauda_banda.jpeg
काठमाडौं । मकवानपुर प्रमुख जिल्ला अधिकारी सहित हेटौंडा बसोबास संरक्षण समितिको बैठकको  बिहीबार राती बसेको बैठकमा नयाँ सहमति जुटेपछि शुक्रबारदेखि हुने भनिएको अनिश्चितकालीन हेटौंडा बन्द फिर्ता भएको छ ।
 
सो बैठकको निर्णय अनुसार शुक्रबारबाट सडक बिभागद्वारा अदालतको निर्णय अबधिसम्म कुनै पनि निजी घर टहरा पेटी नभत्काउन सम्बन्धित निकायलाइ आदेश दिने र  सो आश्वासनलाई बिश्वास र सम्मान गर्दै मुआब्जा क्षतिपूर्ति प्राप्तिका लागि गरिने माग र ब्यबसायीलार्इ उचित ब्यबस्थापनको माग यथावत राख्दै शुक्रबारबाट गर्ने भनिएको आम हडताल मात्र तत्काल का लागि स्थगित गर्ने सहमति भएको हो । 
 
 साथै अदालत जान बाँकी घरधनीहरुलार्इ मुआब्जा, क्षतिपूर्तिका लागि न्यायालयमा र ब्यबसायीलार्इ ब्यबस्थापनको लागि समय माग सहित सडक डिभिजनमा निबेदन दर्ता दिनको लागि समेत हेटौंडा बसोबास संरक्षण समितीले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ