arrow

शौचालय बनाउँदा सकेट बम भेटियो

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
socket-bomb.jpeg
गोरखा । गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ । 
 
बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ । 
 
प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान सुरक्षित राखेका छन् । 
 
बम निष्क्रिय गर्न गोरखास्थित रणसिंह दल गणका नेपाली सेनालाई अनुरोध गरिएको र शुक्रबार मात्रै बम डिस्पोज गर्ने प्रनाउ थापाले बताए । अहिले क्याम्पस रहेको स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक थियो । 
 
घटनास्थल सदरमुकामबाट ३० किमी टाढाको दूरीमा पर्छ । बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ