arrow

ह्वाइटहाउस छिर्दै डोनाल्ड ट्रम्प, भव्य तयारी, सपथ लिनुअघि कन्सर्टमा सहभागी

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
trump.jpeg
वासिङटन डीसी । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रपति पदको सपथ लिँदै छन् । ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन् । शपथका लागि भव्य तयारीसमेत भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
 
यसअघि नै उनका लागि अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सजाउने योजना बनिसकेको छ । २० जनवरीको बिहानीमा जुन पलङबाट राष्ट्रपति बाराक ओबामा उठ्ने छन्, साँझ त्यो पलङमा सुत्न नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प त्यहाँ पुगेका हुन् । 
 
अमेरिकी समयअनुसार शुक्रबार दिउँसो ठीक १२ बजेसम्म ह्वाइट हाउसलाई ओबामाको नै मानिनेछ र त्यहाँको परम्पराअनुसार त्यसको एक मिनेटअघिसम्म पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न पाउँदैनन् ।
 
वर्षौंदेखि चलिआएको यही परम्पराअनुसार डोनाल्डका लागि कोठा सजाउन त्यहाँका कर्मचारीले ६ घण्टाको समय पाउनेछन् । स्थानीय समयअनुसार बिहान साढे १० बजे जब डोनाल्ड ट्रम्प आफ्नो उद्घाटन भाषणका लागि तयार हुनेछन्, तब दुई ठूला ट्रक ह्वाइटहाउसभित्र पुगिसकेका हुनेछन् ।
 
मिडियालाई दिइएको जानकारीअनुसार ह्वाइटहाउस प्रबन्धनले यो सबै काम अत्यन्त छिटो गर्नेछ । जबसम्म ट्रम्प ह्वाइट हाउसमा छिर्ने छैनन्, तबसम्म त्यहाँको सबै जिम्मेवारी ह्वाइट हाउस व्यवस्थापन विभागले लिनेछ ।
 
२० जनवरीको बिहानैदेखि ट्रम्प अत्यन्त व्यस्त हुनेछन् । शुभकामना भाषण, त्यसपछि परेड र समुद्घाटन बल भनिने समारोहमा सहभागी भएपछि जब साँझ ट्रम्प ह्वाइट हाउसमा पुग्नेछन्, तब त्यहाँ उनका लागि केही खानेकुरा पनि तयार भइसकेको हुनेछ । 
 
यता, सपथ ग्रहणअघि बिहीबार राति भने उनी भब्य कन्सर्टमा सहभागी भई आफ्ना प्रशंसकलाई धन्यबाद दिएका छन् । लिंकन मेमोरियलमा हजारौं समर्थकबीच उनले अमेरिकालाई अहिलेसम्मकै समृद्ध बनाउने प्रणसमेत व्यक्त  गरेका छन् । 
 
सोक्रममा उनले आफ्नी पत्नीलाई यहाँसम्म ल्याउन खेलेको भूमिकाप्रति धन्यबादसमेत व्यक्त गरेका छन् । 
 
The president-elect stepped onstage at the end of the evening, before the fireworks that concluded Thursday's festivities
'I promise you, I will work so hard,' the president-elect told the crowd in his pre-inaugural speech at the end of the concert
Trump's wife Melania, his two daughters and his two oldest sons watched from the side as the mogul addressed the public
The Trump family took a moment to stand in front of Abraham Lincoln's mammoth statue after Trump's address
Fist pump! Trump raised a victorious fist, surrounded by some of his children and grandchildren at the conclusion of the night
Fireworks exploded over the Lincoln Memorial after the commander-in-chief-to-be's speech, who had his family by his side
The family posed for a solemn shot at the top of the Lincoln Memorial steps as the pre-inauguration festivities came to an end
The mogul is pictured greeting 3 Doors Down after they performed at the pre-inaugural celebration Thursday in the evening
Crowd control: Donald and his wife walked out to a crowd of thousands who gathered at the Washington Mall for the concert
YouTube sensation The Piano Guys performed for Trump, playing their version of One Direction's 'What Makes You Beautiful'
Toby Keith sang his country hit 'Made In America' as well as his patriotic anthem 'Courtesy Of The Red, White And Blue'
Hundreds of supporters lined up outside the Lincoln Memorial Thursday. They are pictured standing for the national anthem
Trump smiled surrounded by his son Eric, his wife Melania and his daughter Ivanka during Thursday night's soiree
Melania stepped in and her husband followed after Mike Pence introduced them at a campaign donors dinner
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ