arrow

ह्वाईट हाउस छाड्नु अघि ओवामाले भने 'अब अमेरिकामा हिन्दूहरु पनि राष्ट्रपति बन्छन्'

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Barac-Obama2.jpeg
काठमाडौं । अमेरिकी निवर्तमान राष्ट्रपति बाराक ओवामाले अमेरिकामा हिन्दूहरु पनि राष्ट्रपति बन्न पाउनुपर्ने बताएका छन् । बिहीबार ह्वाईटहाउसबाट आफ्नो विदाई मन्तव्य दिँदै राष्ट्रपति ओवामाले अमेरिकामा हिन्दूहरु पनि राष्ट्रपति बन्न सक्ने र महिलाहरु पनि राष्ट्रपति बन्न सक्ने बताए । 
 
उनले जनताको मन जितेर आएमा अमेरिकाको राष्ट्रपति बन्न नरोकिने भन्दै हिन्दू र महिलाहरुले पनि अमेरिकाको राष्ट्रपति बन्न पाउने स्पष्ट पनि पारे । याे दिन छिट्टै अाउने विश्वास पनि उनकाे थियाे । 
 
ह्वाईटहाउसमा गरिएको अन्तिम पत्रकार सम्मेलनमा ओवामाले अमेरिकाको अबको दिनहरु पनि सामान्य रुपमा चल्ने बन्दै केही समस्या आउने वित्तिकै आफूले त्यस विषयमा आफू प्रश्न उठाईहाल्ने आश्वासन दिएका छन् । उनले सबै ठीक हुन्छ भन्दै विदा भएका थिए । उनले भविष्यमा कुनै महिला, हिन्दू तथा यहुदीहरुले समेत अमेरिकामा राष्ट्रपतिपद सम्हाल्नेमा विश्वास पनि व्यक्त गरे । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ