arrow

जंगली जनावरले आक्रमण बढायो, अर्नाको आक्रमणबाट महिला गम्भीर

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
arna.jpeg
इनरुवा । अर्नाको आक्रमणबाट बिहीबार एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सुनसरी मधुवन–१ बस्ने ४० वर्षीया राधादेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
कोसी टप्पु वन्यजन्तु आरक्षमा खर काट्न गएको बेला अर्नाले आरक्षभित्र आक्रमण गरेपछि खत्वे गम्भीर घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए । 
 
घाइते खत्वेलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा ल्याएको र यहाँ उपचार सम्भव नभएका कारण थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ