arrow

राजविराजमा शङ्कास्पद बम फेला, डिस्पोज हुँदै, गोइतको पर्चा

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
grenade-bomb.jpeg
राजविराज । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि शुक्रबार बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । 
 
बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । 
 
उक्त ठाउँमा बम फेला परेपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको स्थानीयवासीले बताएका छन् । 
 
यसैबीच, बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ