arrow

माओवादी केन्द्रको नाम कम्युनिष्ट राखिए पनि एमालेजस्तै बन्यो – सीपी गजुरेल

तत्काल एकता सम्भव छैन

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
cp-gajurel-new.jpg.jpeg
बर्दिवास । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको बताएका छन् । बिहीबार साँझ नेकपा क्रान्तिकारी माओवादीको मिथिला प्रदेश ब्युरो कमिटीले बर्दिवासमा आयोजना गरेको सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्रले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकाले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताए । 
 
नाउँ कम्युनिष्ट पार्टी नै राखिएको भएपनि नेकपा माओवादी केन्द्र अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ ।
 
कम्युनिष्ट पार्टी गठन र सञ्चालन एबम् सैद्धान्तिक सवालमा प्रचण्ड र एमालेमा अब केही फरक नरहेको नेता गजुरेलले बताए । 
 
बरु नेपाली राष्ट्रियताको सवाल र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो देखिएको नेता गजुरेलको टिप्पणी थियो । 
 
मिथिला प्रदेशका इन्चार्ज कृष्णदेव सिंह दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर क्षेत्रका चर्चित साहित्यकार रोशन जनकपुरीसहितका केन्द्रीय नेताले तीनमहिने सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालन अभियानसम्बन्धी कार्यबिधिबारे जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ