arrow

हेवाखोलाको ६ मेगावाट विधुत केन्द्रिय प्रशारण लाइनमा जोडियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Hewa-Khola-Hydel.jpeg
पाँचथर। कावेली कोरीडोर १ सय ३२ केभी प्रशारण लाइन अन्र्तगत पाँचथरको फिदिम ४ स्थित थापाटारको स्टेशनमा हेवा खोला जलविधुत परियोजना ए को उत्पादित ६ मेगावाट विधुत केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ ।
 
 विहिबार वेलुकाबाट केन्द्रिय प्रशारण लाइनमा ६ मेगावाट विधुत थपिएको कावेली करीडोर प्रशारण लाइनका आयोजना प्रमुख दिपेन्द्रराज दिवेद्दीले जानकारी दिए ।यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवा खोला जलविधुत परियोजना ए को उत्पादित १० मेगावट विधुत त्यसै खेर गइरहेको थियो ।
 
१० मेगावट मध्ये ६ मेगावट विधुत केन्द्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख दिवेद्दीले वताउनुभयो । झापाको दमक देखि पाँचथर र ताप्लेजुङको सीमाना कावेलीको दुवीचौर सम्म ९० किलोमिटर प्रशारण लाइन रहेको र त्यसमा ४ वटा सव स्टेशन रहेका छन् । जसमध्ये फिदिमको थापाटारमा जोडिएको सव स्टेशन सँगै अहिले सम्म ३ वटा स्टेशनको काम सकिएर केन्द्रिय प्रशारण लाइनमा जोडिसकिएको छ ।
 
यो प्रशारण लाइनमा २ सय ५८ वटा टावर निर्माण हुनेछन् । दमक देखि गोदक सम्म ९५ वटा टावर र गोदक देखि अमरपुर सम्म ९५ वटा टावर निर्माण भइसकेको छ । गत आव०६३-०६४ बाटै आयोजनाको काम शुरु भएपनि ०६७ जेष्ठ १४ गते बाट मात्रै आयोजनाको काम अघि वढेको थियो ।
यो आयोजनाको काम सक्नलाई विश्व बैंक,नेपाल सरकार,र नेपाल विधुत प्राधिकरणको ३ अर्ब ५९ करोड रुपैया रकम लाग्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ