arrow

आईएमईको कस्टमर कार्डमा बोनस पोईन्ट र उपहार

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
imenew.png
काठमाडौं। आईएमईले कस्टमर कार्ड प्रयोगमा बोनस पोईन्ट र उपहारको योजना ल्याएको छ ।  योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम  अनुसार निश्चित  बोनस अङ्क  प्राप्त हुने कम्पनीले जनाएको  छ ।
 
कम्पनीले जारि गरेको विज्ञाप्तिमा  निश्चित बोनस अङ्कमा तोकिएको  उपहार प्राप्त गर्न सकिनेका साथै बोनस अङ्क  नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार (आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा  प्राप्त गर्न सकिने र पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनस अङ्क वापत प्राप्त गर्न सकिने उपहारहरू हुनेछन् भनिएको छ । 
 
योजना माघ १  देखि असार मसान्त सम्म लागु हुने कम्पनिका जनसम्पर्क प्रवन्धक राजु पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ