arrow

देशको सुरक्षा दाउमा राखेर कुनै निर्णय नहोस् - सुरक्षा विज्ञ

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
dhruba-bd-pradhan.jpeg
काठमाडौं । भारतले आफ्नो नेपाल उडानमा आउने विमानमा एयर मार्सल (इन्फ्लाइट सेक्युरिटी अफिसर) राख्न गरेको मागलाई गम्भीर रुपले छलफल गरेरमात्र अनुमति दिन सुझाव दिइएको छ । भारतले आफ्नो विमान सुरक्षाका लागि एयर मार्सल राख्न गरेको मागले नेपाल सुरक्षाका दृष्टिले कमजोर रहेको सन्देश विश्वभर जान सक्ने भएकाले संवेशनशील बुझेर गम्भीर छलफल गर्नुपर्ने सुझाव दिइएको हो । 
 
सुरक्षा विज्ञ पूर्व प्रहरी महानिरीक्षक धु्रवबहादुर प्रधानले तत्कालै हतार गरेर निर्णय गर्नुभन्दा यसले भोलिका दिनमा पार्न सक्ने प्रभाव अनि असर केलाएरमात्र अगाडि बढ्नु पर्ने बताएका छन् । उनले भारतले सुरक्षाको दृष्टिले आफ्नो विमानमा एयर मार्सल राख्न पाए पनि त्यसले नेपाललाई दूरगामी असर पार्छ कि पार्दैन भनी मूल्यांकन गर्नुपर्ने बताए । 
 
भारतको नीति के हो भन्ने बुझ्नु पर्ने पनि उनले जनाएका छन् । भारतले प्रत्यक्षरुपले सुरक्षाको विषय उठाएको हो भने त्यो विश्वमा पनि सन्देश जाने हुनाले त्यसबारे गम्भीर बन्नुपर्ने सुझाव प्रधानले सरकारलाई दिएका छन् । 
सुरक्षाको विषय उठ्नु नेपालका लागि चुनौती रहेको भन्दै पूर्व प्रहरी महानिरीक्षक प्रधानले भारतले नियतवश उठाएको हो वा के हो भन्नेसमेत गम्भीर छलफलको विषय बन्ने बताए । 
 
भारतीय संचारमाध्यम र भारतीय राजनीतिज्ञहरुले पहिलेदेखि नै नेपालमा सुरक्षाको विषयलाई उठाउँदै आएको भन्दै प्रधानले निरन्तर यो विषय उठ्नुलाई नेपालले गम्भीर हुनै पर्नेमा जोड दिएका छन् ।
 
यस विषयमा कुनै पनि निर्णय गर्दा नेपालका सुरक्षाविज्ञसंग परामर्श नगरी अगाडि नबढ्नसमेत प्रधानले सरकारलाई सुझाव दिएका छन् । 
 
त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलबाट किलोका किलो सुन बाहिरिंदा नेपालको सुरक्षाप्रति यसै पनि प्रश्न उठेको बताउँदै प्रधानले समग्रमा सुरक्षाबारे गम्भीरु हुनुपर्ने समय आएको बताएका छन् । 
 
भारतको यो माग ठूलो राजनीतिक एजेन्डा भएकाले यसमा हतार गर्नु नेपालका लागि ठूलो भूल हुनेसमेत प्रधानको भविष्यवाणी छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ