arrow

स्वास्थ्य सेवा विभागमा ल्याईए पन्त, चौधरीको काज फिर्ता

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
mohp-building.jpeg

काठमाडौं। स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त नियुक्त भएका छन् । २७ वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा काम गर्दै आएका डा. पन्त महानिर्देशक हुनुअघी वाल स्वास्थ्य निर्देशनालयका निर्देशकको रुपमा रहेका थिए ।

माघ ६ को मन्त्रीस्तरिय निर्णय अनुसार डा पन्तलाई महानिर्देशकमा बनाइएको हो। लामो समय पव्लिक हेल्थका क्षेत्रमा काम गरेका डा. पन्तको आगमन पछि विभागमा अझ व्यवस्थित काम हुने भन्दै कर्मचारीहरु समेत खुशि देखिएका छन् । उनीहरुले विभिन्न प्रशासनिक काम गर्नुपर्ने विभागमा यसै क्षेत्रका जानकारहरुको प्रवेशले स्वास्थ्य क्षेत्र अझ बढी प्रभावकारी बन्ने अपेक्षा आफूहरुले राखेको बताएका छन् ।

विभागमा यस अघि प्रसुती विभागबाट काजमा ल्याईएकी स्त्रीरोग विशेषज्ञ डा पुष्पा चौधरीले महानिर्देशकको काम सम्हाल्दै आएकी थिईन् । उनले विभागमा झण्डै दुई वर्ष कार्यभार सम्हालेकी थिईन् । डा. पन्तलाई महानिर्देशकको बनाइएसँगै डा. चौधरीको काज फिर्ता भएको छ । स्वास्थ्यमन्त्री गगन थापा आए लगत्तै एकै ठाउँमा लामो समय काजमा बस्न नपाउने निर्देशिका जारी गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ