arrow

एघारौं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदै

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
pokhara-airport.jpg.jpeg
पोखरा। भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ आँैं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । 
 
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २५ हजार र रु चार हजार पाउने छन् । 
 
सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ब्ह्लिचियर प्रतियोगिता पनि आयोजना गरिनेछ । 
 
पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु सात, पाँच र तीन तथा ब्ह्लिचियरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन, दुई र एक हजार रुपैयाँ पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनुभयो । 
 
पोखराको पर्यटकीय प्रवद्र्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । 
 
मञ्चका अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले कम्पनीले प्रतियोगिता सञ्चालनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ