arrow

तुलसीपुर महोत्सवबाट एक करोड रुपैयाँ बचत गर्ने लक्ष्य

logo
शरद रेग्मी
प्रकाशित २०७३ माघ ७ शुक्रबार
MIDWEST_Festival_press_meet.jpeg
घोराही। तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गते देखी आयोजना गर्न थालेको मध्यपश्चिम क्षेत्रिय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला २०७३बाट एक करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ ।
 
संघले आज शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य उदेश्य र तयारीका बारेमा जानकारी दिदै यस क्षेत्रको व्यापार, व्यवसाय, कृषि, पर्यटन, कला साहित्य, संस्कृतीको संरक्षण र प्रर्दद्धन गर्न आफुहरु लागि परेको जनाएको छ ।
 
 माघ १३ गते देखी २३ गते सम्म तुलसीपुर अरनिको मैदानमा आयोजना गरिने महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने योजना रहेको संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो ।
 
 स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ आयोजना गर्न थालिएको महोत्सवको अहिले सम्म ९५ प्रतिशत तयारी पुरा भएको रिजालले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवा आउने संघले जनाएको छ ।
 
 महोत्सवलाई सभ्य, पारदर्शि र भव्य बनाउनका लागि आफुहरु प्रतिबद्ध रहेको र सबैको सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । साथै महोत्सवलाई सुरक्षित बनाउन १२ वटा सिसि क्यामेरा जडान गरिनुका साथै विभिन्न तहमा सुरक्षाको व्यवस्था मिलाईएको समेत उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
 
 वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले सहजिकरण गर्नुभएको पत्रकार सम्मेलनमा बोल्ने पत्रकारहरुले जिल्लामा मेला महोत्सव धेरै लाग्न थालेको र यसले बिकास तथा संबृद्धीमा पर्ने प्रभाबका बिषयमा समिक्षा गर्न आबस्यक रहेको बताएका छन् ।
 
महोत्सवको नामममा बिकृती भित्रन नहुने भन्दै पत्रकारहरुले पारदर्शिता अनिबार्य हुनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा संघका उपाध्यक्ष सेवकराम भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अजय दिप शर्मा , पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरु केवि मसाल, प्रताप रेग्मी, के.एल.पिडित लगायतले महोत्सवहरु स्थानिय पहिचान र प्रवद्र्धनलाई लक्षित गरी आयोजना गर्नु पर्ने धारणा राखेका थिए ।
 
 उनीहरुले तुलसीपुर उद्योग वाणिज्य संघले पवित्र उद्देश्यका साथ संचालन गर्न लागको महोत्सवलाई सबैले सहयोग गर्नु पर्ने समेत वताएका थिए । कार्यक्रममा राप्ती पोष्टका सम्पादक शरद अधिकारी, पत्रकारहरु सुनिल पोख्रेल, खेमराज रिजाल, निमुसंगम घर्ति , धनिराम शर्मा लगायतले वोल्नु भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ