arrow

अमेरिकाका नवनिवार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिए

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Donald_Trump_Oath.jpeg
वाशिङ्गटन। अमेरिकामा एक नम्बरका घरजग्गा कारोबारी, अतिशय धनाढ्य र टेलिभिजन कार्यक्रमका एक कुशल प्रस्तोता र कलाकार भनी परिचित डोनाल्ड ट्रम्पले आज स्थानीय समय अनुसार मध्यान्हमा (नेपाली समय अनुसार राति करिब एघार बजे) एक भव्य समारोहकाबीच ४५ औं अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेका छन् । 
 
उनको सपथ पछिको सम्बोधनमा उनले अमेरिका र अमेरिकी जनतालाई केन्द्रमा राखेर सबै निर्णय गर्ने बताएका छन्। उनले स्पष्ट रुपमा भनेका छन् 'कुनै पनि निर्णय अमेरिका र अमेरिकी जनताकालागि गरिने छ'। उनले बाईबल माथि हात राखेर सपथ लिएका छन्। 
 
गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा उहाँ रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्प विजयी हुनु भएका थिए । यस अर्थमा, विगत आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी राष्ट्रपति भवन – ह्वाइट हाउस अब पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको हातमा जाँदैछ । 
 
निवार्चनमा ट्रम्पलाई मत दिई विजयी गराउने बिभिन्न राज्यका हजारौं जनताहरु एक ऐतिहासिक समारोह अवलोकन गर्न आज बिहानै देखि अमेरिकाको राजधानीमा ओइरो लागी क्यापिटोल हिलू मा अवस्थित समारोहस्थल वरपर भेला भएका छन् । 
 
ट्रम्प समर्थक कतिपय युवाले निर्वाचन अभियानताका लगाउने गरेका 'मेक अमेरिका ग्रेट अग्येनू लिखित रातो रङ्गको ह्याट लगाएका देखिएका छन् । 
 
अमेरिकी परम्परागत धार्मिक चलन अनुसार उनलाई आज बिहानै सपरिवार स्थानीय एउटा चर्चमा जानु भै त्यहाँ आयोजित प्रार्थना सभामा सम्मिलित भएका थिए । प्रार्थना सभा समाप्त भएपश्चात्, उहाँ निवर्तमान राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेल ओबामाको निमन्त्रणा मान्न उहाँ सपरिबार ह्वाइट हाउस जानु भै चियापान कार्यक्रममा सम्मिलित भएका थिए । 
 
 
 
 रासस÷एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ