arrow

सामान्य घर-झगडामा श्रीमतीलाई जिउँदै आगो लगाउने फरार

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
fire.jpeg
नेपालगन्ज। सामान्य घर झगडामा एक युवकले श्रीमतीलाई जिउँदै आगो लागाइदिएका छन् ।
 
नेपालगन्ज १२ खट्कनपुरुवाका २६ बर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । 
 
भारतको गोरखपुर देबरीया माइती भएकी अमिसाको अवस्था निकै गम्भीर छ । उनको अहिले भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ ।
 
२२ बर्षीय अमिसाको पुरै शरीर जलेको छ । प्रहरीका अनुसार उनको छाती, मुख, हात, घाँटी र गुप्तांगसमेत जलेको छ ।
 
चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ ।
 
उपचारमा संलग्न चिकित्सक दुर्गानन्द अधिकारीका अनुसार अमिसाको उपचार यहाँ सम्भव छैन, तर उनलाई उपचारका लागि बाहिर लैजाने कोही आफन्त छैनन् ।
 
बिहीबार राती घर झगडा भउपछिराजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाउका थिए । श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन् । (अन्नपुर्ण पोष्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ