arrow

नायक राज घिमिरेमाथि सांघातिक आक्रमण, मागे सुरक्षा

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
Raj_Ghimire.jpeg
काठमाडौ । चपली हाइटका नायक राज घिमिरेमाथि गत मंगलबार मध्य रातमा सांघातिक आक्रमणको प्रयास भएको छ ।  घरमा बसीरहेको बेलामा उनकै घर गोदावरीमा हतियारधारी समुहले सांघातिक आक्रमणको प्रयास गरेको घिमिरेले जनाएका छन् । यद्यपि घिमिरे घरमा नभएपछि उनको परिवारमाथि आक्रमणा भएको घिमिरेले जानकारी दिए ।
 
 कामको शिलशिलामा घिमिरे बाहिर रहेको र घरमा घिमिरे नभएपछि परिवारका सदस्यमाथि आक्रमण गरि लुटपाट गरेको घिमिरेले जानकारी दिए । हतियारधारी समूहले उनकी आमामाथि आक्रमण गरी गहना समेत लुटेका छन् । बुधबार ललितपुर प्रहरीवृत सातदोबाटोमा ठाडो उजुरी दिएका घिमिरेले प्रहरीसंग आफु र आफ्नो परिवारको  जिउधनको सुरक्षाको माग गरेका थिए भने सो घटना भएको दुईदिनपछि पुन ती आक्रमणकारीहरुले मध्यरातमा आएर ढुंगामुढा गरि गेट,पर्खाल भत्काएका छन् भने झ्यालका सिसाहरु फुटाईदिएका छन् । 
 
यसरी लगातार आफु र आफ्नो परिवारमाथि आक्रण भईरहदा पनि दोषी भागीरहदा आफु निकै दुखि भएको घिमिरेले बताए ।  “मैले न्याय पाउनुपर्छ समाजको लागि केहि गर्छु भनेर हिडेको मान्छेलाई राजनितिक आवरण भिरेर हिडेकाहरुले आक्रमण गरे । ” उनले भने – “राम्रो काम गर्नेलाई यो मुलुकमा स्थान नै छैन , तर एकदिन सत्यको नै जित हुन्छ । ” प्रहरी वृत्त प्रमुख रामेश्वर यादवका अनुसार घटनामा संलग्नहरुको पहिचान गरि छिट्टै नै कारवाहीको दायरामा ल्याइनेछ ।  उनले भने – “ प्रहरीको अनसन्धान जारी छ । ”
 
नायक घिमिरेका शुभचिन्तकहरुले पनि नायक राजको जिउधनको सुरक्षाको माग गर्दै विभिन्न निकायलाई ध्यानाकर्षण गराएका छन् । घिमिरे राजनितिकर्मी भएका हिसाबले अन्य पार्टीले अगाडी बढ्न नदिने र सिध्याउने उदेश्यले आक्रमणको प्रयास गरेको हुन सक्ने गोदावरीका एक स्थानियले बताए । यसअघि पटक पटक आफुलाई मार्ने धम्की समेत दिएको प्रहरीमा उनले लिखित निवेदन दिएका छन् । गोदावारी क्षेत्रमा आफूले गरेको सामाजिक क्रियाकालापका कारण आफ्नो बर्चश्व गुम्ने भयले स्थानीय राजनीतिक दलका नेताहरुको प्रभावमा परेर आफूलाई सिध्याउने प्रयास भईरहेको भन्दै उनले दुखेसो पोखेका छन् ।
 
यसअघि शरिर बन्दक र अपहरणको झुटो मुद्दा लगाई उनलाई फसाईएको थियो ।  तर, उनलाई अदालतले निर्दोष सावित गर्दै छाडिदिएको थियो । कलाकारीतासंगै समाजसेवा र राजनितिमा संलग्न घिमिरेले भुकम्पका समयमा पिडितको दुखमा मह्लम लगाउने काम गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ