arrow

चुरे क्षेत्रमा वन विनास हुँदा स्थिती भयावह बन्दै

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ माघ ८ शनिबार
chure-bhavar.jpeg
उदयपुर । चुरे क्षेत्रमा हुने वन विनासका कारण भूमिगत जलाधारमा असर पर्न गई भूक्षय र बगर बढ्दै गएपछि त्रियुगा नदी आसपासको क्षेत्रमा खेती योग्य जमिनको बिनास हुँदै गएको छ । जमिनको विनाससंगै सिंचाई र खानेपानीका स्रोतमा समेत असर पर्दै गएको छ ।
 
चुरेबाट बग्ने झण्डै डेढदर्जन खोलाखहरेले मार्ग परिर्वतन गर्दा खेतीयोग्य जमिनको विनास हँुदै गएको हो । खोलाखहरेको मार्ग परिर्वतसंगै तल्लो तटीय क्षेत्रका मानव वस्ती समेत खतरामा पर्दै गएका छन् । परिपक्क भइनसकेको भू–वनोट रहेको चुरे पहाडबाट ढुंगा, गिटी र बालुवाको दोहन हुँदा यस क्षेत्रमा वातावरणीय असर उत्पन भएको छ । जसका कारण मधेस, महाभारत क्षेत्र र तराइमा समेत प्रतिकुल असर परी कृषि उत्पादनमा संकट देखा पर्न थालेको किसानहरुले वताएका छन् । 
 
माथिबाट बगेर आएका खोला खहरेबाट अनियन्त्रित गिटी बालुवाको दोहनले तल्लो क्षेत्रमा गेगर थुप्रेर खोला र नदीको सतह बढ्न गई बाढीको प्रकोप बढ्दै गएको त्रियुगा नगरपालिका २ का उद्घव काफ्लेले बताए ।  
 
नदीको केही स्थानमा सतह घटन गई सिंचाईलगायत खानेपानीमा समेत कठिनाई हँुदै गएको उनको भनाई छ । “अस्थिर सतहको माटो क्षय भएकाले माटोको उर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएका कारण बर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुख्खा समयमा खडेरी हुने गरेको छ” काफ्लेले भने, “खोलाखहरेमा पानीको सतह तलमाथि हँुदा भावर क्षेत्रका सर्वसाधारणमा खानेपानीको समस्या छ ।” कातिक नसकिदै भूमिगत पानीको स्रोत सुक्न थालेपछि तरकारी, गहुँखेती र पिउने पानीको समस्या बढ्दै गएको उनले वताए । 
 
“चुरे क्षेत्रको वन विनासले जैविक विविधतामा असर पुगेको छ” त्रियुगा नदी बचाउ अभियानका संयोजक कुमारसिंह कार्कीले भने, “जैविक विविधताको असरले मुख्यरुपमा चुरेमा आश्रित, चुरेसंग प्रत्यक्ष एव परोक्ष सरोकार भएका मानव वस्तीमा असर परेको छ ।”
 
कुकाठका नाममा चुरे क्षेत्रमा पाइने जैविक जडिबुटि हर्रो, बर्रो, अमलालगायतका विरुवा विनास भईरहेका छन् । साललाई मात्रै काठ र अन्य सवै कुकाठका नाममा उपभोक्ता समुहले बिक्री गर्ने गरेका कारण जैविक जडिबुटि मासिदै गएको स्थानीय उपभोक्ता वताउँछन् । 
 
जैविक जडिबुटि र बन्यसम्पदाको संरक्षण गर्न एक बर्षयता चुरे क्षेत्रमा हरियो रुख कटानमा रोक लगाइएको सहायक वन अधिकृत जागेश्वर साहले वताए । “हरियो रुख कटान रोकिएपछि चुरे क्षेत्रमा केही सुधार भएको छ” उनले भने, “यो प्रयासले जैविक विविधताको संरक्षणमा केहि सुधार हुन थालेको छ ।” 
 
पूर्वपश्चिम भएर फैलिएको चुरे वन श्रृखला उदयपुर, सिराहा र सप्तरीको सिमाना पनि हो । माथिल्लो क्षेत्रको उदयपुर तर्फ संरक्षणमा लागेपनि तल्लो क्षेत्रका सिराहा र सप्तरीबाट चुरेमा आक्रमण भइरहेकाले समस्या समाधान हुन सकेको छैन । चुरे क्षेत्रमा हुने जैविक विविधताको असर सिरहा र सप्तरीमा परेपनि त्यहाँका स्थानीयले वास्ता नगरेको त्रियुगा उच्च मा वि गाईघाटका प्राचार्य विदुर खड्का वताउँछन् । 
 
चुरे पहाडमा शीर भएर बग्ने बलान, खाँडो, महुली जस्ता खोलाले सिरहा र सप्तरीका हजारौं हेक्टर खेती योग्य जमिन मरुभूमिमा परिणत गरिदिएको भएपनि जनचेतनाको अभावका कारण  चुरेको दोहन रोकिन नसकेको उनको भनाई छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ