arrow

+२ पढाउनेहरुलाई अस्थायी लाईसेन्स लिने मौका, यस्ता कागजात चाहिन्छ

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
Sichha_Sewa.jpeg
काठमाडाै‌ । उच्च माध्यमिक तहमा अध्ययापन गराउने शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमतिपत्र लाईसेन्स लिने मौका शिक्षा सेवा आयोगले दिएको छ । बिहीबार आयोगले जारी गरेको विज्ञप्तीमा अहिले उच्च माध्यमिक तहमा अध्यापन गराईरहेका शिक्षकहरुलाई सो तहमा अस्थायी अनुमति माग सहितको आवेदनको लागि आग्रह गरेको हो । 
 
‘शिक्षा ऐन २०२८ ९आठौं संसोधन० ले साविक उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमति प्रदान गर्ने व्यवस्था गरेकोले सो अनुमतिपत्र दिने बन्दोबस्त गर्न लागेको’ विभागको भनाइ छ । यसरी स्थायी अध्यापन अनुमति पत्र लिनको लागि २०७३ असार १५ सम्म आफू कार्यरत रहेको विद्यालयले दिएको सेवा निरन्तरताको सक्कल कागज र नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि समावेश गरी लाइसेन्स लिन इच्छुक व्यक्तिहरुले जिल्ला शिक्षा कार्यालयहरुमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने आयोगको भनाइ छ । 
 
सो लाइसेन्सका लागि लागि साविक उच्च माध्यमिक शिक्षा ऐन २०४६ बमोजिम सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले आवेदन गर्न सक्नेछन् । शिक्षा ऐन आएको सात महिनापछि आयोगले लाइसेन्सका लागि आवदेन माग गरेको हो ।
 
अवेदनसँग के-के बुझाउनुपर्छ ?
विभागले दिएको जानकारी अनुसार आवेदकले आफ्नो आवेदनको साथमा निम्न कागजातहरु पेश गर्नु पर्छ ।
 
१. मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको कागजातहरुको प्रमाणित प्रतिलिपि (विदेशी संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रको हकमा सम्बन्धित निकायबाट समकक्षता निर्धारण गरेको हुनुपर्नेछ)
 
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
 
३. मिति २०७३ आषाढ १५ गतेसम्म आफू कार्यरत रहेकोविद्यालयलेदिएको सेवा निरन्तरताको सक्कल कागज र नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि ।
 
४. आवेदनसाथ जिल्ला शिक्षा कार्यालयले तोकेको राजश्व खातामा रु.५०० जम्मा गरेको सक्कल भौचर ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ