arrow

इङलिश प्रिमियर लिग फुटबलः दुवै म्यानचेष्टर बराबरीमै

लिभरपुललाई झड्का, चेल्सीलाई फाइदा

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
man-city.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी र टोटनह्याम हटसपरले बराबरीको खेल खेलेका छन् । घरेलु इत्तेहाद मैदानमा खेलेको म्यानचेष्टर सिटीले २–२ को बराबरीमै चित्त बुझाएको हो । खेलमा २–० ले अग्रता लिएर पनि म्यानचेष्टर सिटी बराबरीमा समेटिन पुगेको हो । ४९ औं मिनेटमा लेरोइ सान र ५४ औं मिनेटमा केभिन डे बु्रनले गोल गर्दै सिटीलाई अगाडि ल्याए । 
 
तर ५८ औं मिनेटमा डेले अली र ७८ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटनह्यामलाई बराबरीमा ल्याए । त्यस्तै म्यानचेष्टर युनाइटेड पनि बराबरीमा समेटिएको छ । म्यानचेष्टर युनाइटेड स्टोक सिटीसंग उसकै मैदानमा १–१ को बराबरीमा समेटिएको हो । हुँवा माटाले आत्मघाती गोल गर्दा १९ औं मिनेटमा स्टोक सिटीले अग्रता लियो । 
 
तर अन्तिम समयमा वाइने रुनीले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई हारबाट जोगाए । यता लिभरपुललाई घरेलु मैदानमा झर्को झड्का लागेको छ । लिभरपुल स्वान्सी सिटीसंग ३–२ ले पराजित भएको छ ।
 
स्वान्सीले २–० ले अग्रता लिए पनि रोबर्टो फर्मिनोको दुवै गोलबाट बराबरीमा आयो । तर सिगुड्सनले गोल गर्दै स्वान्सीलाई जिताए । स्वान्सीका लागि फर्नान्डो लोरेन्टले दुई गोल गरेका थिए । 
 
लिग अन्तर्गत अन्य खेलमा बर्नमाउथ र वाटफोर्डले २–२ को बराबरी खेले । त्यस्तै वेष्टह्यामले मिडिल्सब्रोलाई ३–१ ले, एभर्टनले क्रिष्टल प्यालेसलाई १–० ले तथा वेष्टब्रोमले सन्डरल्याण्डलाई २–० ले हरायो । 
 
यो खेलपछि चेल्सीलाई भने निकै फाइदा पुगेको छ । शीर्ष स्थानको चेल्सीको २१ खेलबाट ५२ अंक छ । २२ खेलबाट टोटनह्यामको ४६, लिभरपुलको ४५, आर्सनलको ४४, म्यानचेष्टर सिटीको ४३ तथा म्यानचेष्टर युनाइटेडको ४१ अंक छ । 
 
Lloris made a terrible error five minutes later by dropping the ball at Kevin De Bruyne's feet for him to tap home for 2-0
Dele Alli got Spurs back into game on 58 minutes with a close range header after a superb Kyle Walker cross
Son Heung-Min then equalised for Spurs with 12 minutes to play with a cool low finish to beat City keeper Claudio Bravo
Sane latched onto superb through ball by De Bruyne early on in the second half to put the hosts in front at the Etihad
Sane celebrates the richly deserved City opening goal with Sergio Aguero and David Silva as the fans behind rejoice
Lloris fumbled what appeared to be a simple cross from Raheem Sterling and De Bruyne was quick to pounce on 51 minutes
Lloris has conceded 13 goals in four games at the Etihad Stadium and had another bad game in Manchester on Saturday
Son celebrates his equaliser with Harry Winks and Danny Rose which keeps their title hopes alive and well
Sterling had broken free but lost balance under pressure from Walker and could only put his effort into Lloris' gloves
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ