arrow

उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधः देशभरका अदालत बहिष्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७३ माघ ९ आइतबार
rule-of-law.jpeg
काठमाडौं । हालै उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतमा बहसपैरवीलगायतका सम्पूर्ण कार्य बहिष्कार गर्दैछन् ।
 
सरकारी वकिल तथा ट्रेड युनियनले गत शुक्रबार उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गरेका थिए ।
 
अपारदर्शी ढंगले न्यायाधीश नियुक्ति गरिएको र आफूहरुको परामर्शसमेत नलिइएको भन्दै असहयोग आन्दोलन थालिएको हो । असहयोग आन्दोलन आइतबार बिहान १० बजेबाट सुरु हुनेछ । 
 
महान्यायाधिवक्ता श्रेष्ठ, नायबमहान्यायाधिवक्ता, सहन्यायाधिवक्तासहित चारवटा कर्मचारी संगठनबीच लामो छलफलपछि घोषणा भएको असहयोग आन्दोलन न्यायाधीश नियुक्ति प्रकरण नसच्चिएसम्म जारी रहने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ