arrow

डी सिने अवार्डमा नोभेम्बर रेन हावी

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Aryan.jpg.jpeg
काठमाडौं । छाँयाछवि क्रिएसनले राजधानीमा आयोजना गरेको ‘सातौं एलजी डी सिने अवार्ड २०७२’ मा फिल्म नोभेम्बर रेनले उत्कृष्ट फिल्मसहित सर्वाधिक ८ विधामा अवार्ड जितेको छ ।

फिल्मका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेता÷अभिनेत्री, निर्देशक दिनेश राउतले निर्देशक, छाँयाकार राजेश श्रेष्ठले छाँयाकारको अवार्ड जित्दा, सामिप्य तिमिल्सिनाले संवाद, छुल्ठिम डोल्मा गुरुङले सहअभिनेत्री र गायक युवराज चौलागाईले गायकको अवार्ड चुमे ।

त्यस्तै सम्पादन तर्फ फिल्म वल्र्डकप इन नेपालका लागि राजु भण्डारी, पटकथातर्फ फिल्म कबड्डीका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, कथा तर्फ फिल्म वल्र्डकप इन नेपालका लागि रामशरण पाठक, सहअभिनेतातर्फ फिल्म पुनर्जन्मका लागि गजित विष्ट, चरित्र अभिनेतातर्फ फिल्म सुनपानीका लागि सविन बास्तोला, चरित्र अभिनेत्री तर्फ फिल्म सुन्तलीका लागि सुर्यमाला खनाल, खलपात्रतर्फ फिल्म हँसियाका लागि अनुपविक्रम शाही, नवनिर्देशकतर्फ फिल्म नाइ नभन्नु ल ३ का लागि मुस्कान ढकाल उत्कृष्ट बने ।

त्यस्तै नवनायकतर्फ फिल्म अझै पनिका लागि सुदर्शन थापा, नवनायिकातर्फ फिल्म लज्जाका लागि शिल्पा पोखरेल,  बाल कलाकारतर्फ लभ यू बाबाका लागि संगम विष्ट, संगीतकारतर्फ फिल्म स्टुपिड मनका लागि अर्जुन पोखरेल, गायिकातर्फ फिल्म हवल्दार सुन्तलीका लागि सहिमा श्रेष्ठ, गीतकारतर्फ फिल्म कोहिनूरका लागि डा.कृष्णहरि बराल, नृत्य निर्देशकतर्फ फिल्म लभ यू बाबाका लागि गम्भीर विष्ट, द्वन्द्व निर्देशकतर्फ फिल्म हवल्दार सुन्तलीका लागि चन्द्र पन्त, पाश्र्व संगीततर्फ फिल्म सेतो बाघका लागि एलिस कार्की, ध्वनि मिश्रणतर्फ फिल्म कबड्डीका लागि उत्तम न्यौपाने, श्रृंगारतर्फ फिल्म टलकजंग भर्सेज टुल्केका लागि अमृत मरहठ्ठा र एनिमेशन÷ग्राफिक्सका लागि फिल्म भीमदत्तका लागि अच्युत गजुरेल उत्कृष्ट घोषित भए । क्रिटिक्स अवार्डतर्फ रामबाबु गुरुङ उत्कृष्ट निर्देशक भए भने दयाहाङ राई उत्कृष्ट अभिनेता  सुन्तलीका लागि प्रियंका कार्की उत्कृष्ट अभिनेत्री, ुसुनपानीुलाई विशेष चलचित्र, ुकोहिनुरुले पब्लिक च्वाइस, ुभीमदत्तुलाई जूरी अवार्ड दिईयो ।

कार्यक्रममा फिल्म वितरक, निर्माता तथा प्रदर्शक गोपाल कायस्थ र वरिष्ठ अभिनेत्री गौरी मल्ललाई ‘छाँयाछवि चलचित्रकर्मी रजत सम्मान’ र पत्रकार डब्बु क्षेत्रीलाई ‘छाँयाछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत तथा सम्मानित गरिएको थियो । पुरस्कारको राशी ७ हजार ७ सय ७७ रुपैंयाँ रहेको छ । त्यस्तै विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई पनि सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ