arrow

हिन्दू परम्पराबाट समेत पूजा गरी सुरु गरियो राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
20_01_2017-trump1.jpeg
वासिंटन । सम्भवतः अमेरिकी इतिहासमा नै पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण पछि गरिने नेसनल प्रेयरमा हिन्दू पुरोहितले पनि सहभागिता जनाएका छन् । शनिबार वाशिंगटन नेशनल क्याथड्रलमा आयोजना गरिएको नेसनल प्रेयरमा अन्य धर्मका कर्मगुरुहरुका साथै हिन्दू धर्मका पुरोहित नारायणचार एल दिगालकोटाले सहभागिता जनाएको राष्ट्रपति सपथ ग्रहण समितिलाई उद्दृत गर्दै भारतको दैनिक जागरण पत्रिकाको अनलाईन संस्करणले जनाएको छ ।
 
समितिका अनुसार मैरील्याण्डको लान्हाम स्थित श्री शिव विष्णु मन्दिरबाट दिगालकोटा नेशनल प्रेयर सर्विसमा सामेल भएका हुन् । राष्ट्रपति ट्रंपको शपथ पछि शनिवार भएको नेशनल प्रेयरमा हिन्दू धर्मका अलावा इसाई, इस्लाम, बौद्ध धर्म र शिखहरुको समेत सहभागिता रहेको थियो । 
 
उक्त कार्यक्रममा दिगालकोटाले हिन्दू परम्परा अनुसार पूजा गरी ट्रम्पको सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा ट्रम्प पत्नी मेलेनिया, उपराष्ट्रपति माईक पेंस तथा उनकी पत्नी केरेन समेत उपस्थित थिए । भारतवंशी जेसे सिंहले पनि उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । यद्यपि उनी शिख धर्मको तर्फबाट सहभागी भएका हुन् । उनले सबै धर्मको आस्थाको केन्द्रको रुपमा रहेको अमेरिकाले सबै धर्मलाई सम्मान गर्ने बताएका थिए । 
 
सम्भवतः अमेरिकी इतिहासमा नै पहिलो पटक अमेरिकी राष्ट्रपतिको नेसनल प्रेयरमा हिन्दू पण्डितहरुलाई सहभागी हुन निम्तो पठाइएको थियो । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण पछि हुने नेसनल प्रेयरमा एक जना हिन्दू पुरोहितलाई पनि संलग्न हुन निम्तो पठाईएको हो ।
 
नेशनल प्रेयर सर्विसको परम्परा अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वाशिंगटनको समयदेखि चल्दै आएको हो । तर यो वाशिंगटन नेशनल क्याथड्रल मा भने १९३३ देखि अहिलेसम्म ७ पटक मात्रै आयोजना गरिएकाे छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ